२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङमा १ जेठसम्म निषेधाज्ञा

मोरङमा १ जेठसम्म निषेधाज्ञा


विराटनगर-जिल्ला प्रशासन कार्यालय मोरङले १ जेठ मध्य राति १२ बजेसम्म मोरङमा निषेधाज्ञा लगाएको छ । डिसिसिएमसीको बिहीबार बसेको बैठकले शुक्रबार राति १२ बजेपछि लागु हुने गरी मोरङमा निषेधाज्ञा जारी गरेको हो ।

यसअघि शनिबार १२ बजेपछि लागु हुने गरी एक साता विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ निषेधाज्ञा जारी भएको थियो ।

कोरोनाको दोस्रो तीब्र रुपमा फैलिएपछि जिल्लाका विभिन्न स्थानीय तहहरुमा संक्रमितहरुको संख्या र मृत्यु दर बढेपछि डिसिसिएमसीको बैठक राखेर मोरङ जिल्लाभरी निषेधाज्ञा थप गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार निषेधाज्ञा अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यक सेवा खरिदबाहेक सवै प्रकारका गतिविधिमा रोक लगाइएको छ । अत्यावश्यक सेवाहरुबाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु १ जेठ रातिसम्म निषेधाज्ञा लागु गरिएको क्षेत्रहरुमा पूर्णरुपमा रोक लगाइएको छ ।

प्रजिअ निरौलाले भने, ‘कोरोना संक्रमणको चेन रोक्न अत्यावश्यक काममा बाहेक कोही पनि घर बाहिर निस्कन र भेला हुन नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ ।’

डिसिसिएमसीको बैठकले मोरङका १७ वटै स्थानीय तहहरूमा १५ शैय्याभन्दा बढीको १÷१ वटा कोरोना संक्रमितलाई राखेर उपचार गर्ने अस्पताल बनाउने निर्णय पनि गरेको छ । यस्तै बैठकले विराटनगरस्थित कोशी कोभिड अस्पतालको पुरानो भवनमा रहेको बेडलाई संचालन गर्न सांसद विकास कोषबाट कोभिड अस्पताल निर्माणका लागि विराटनगर महानगरपालिकामा प्राप्त भएको ३५ लाख बजेटबाट निर्णाय कार्य अगाडि बढाउने पनि समेत भएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ