२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रहरीद्धारा झापामा १३३ अक्सिजन ग्याँस सिलिन्डर बरामद

प्रहरीद्धारा झापामा १३३ अक्सिजन ग्याँस सिलिन्डर बरामद


विराटनगर – झापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १ सय ३३ वटा अक्सिजन ग्याँस सिलिन्डर भेला पारी अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाइएको छ । गत बुधबारदेखि शनिबारसम्ममा झापा प्रहरीले झापाको विभिन्न स्थानदेखि अक्सिजन ग्यास सिलिन्डर भेला पारेको हो ।

इलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर जम्मा गरेको हो ।

उक्त जम्मा पारिएको सिलिन्डरहरु रिफिल गर्नको लागि कपुरी ट्रेडर्सलाई १२१ वटा र मातृ ट्रेडर्सलाई १२ वटा जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सो सिलिन्डरहरु प्रहरी कार्यालयहरुले आ–आफ्नो एरियामा पर्ने ग्यारेजहरु सगुन ग्यारेज, तुलसी ग्यारेज, हस्लेन चेक ग्यारेज, पाथिभरा ग्यारेज, स्माल ग्यारेज, ओम साई अटो ग्यारेज, राजिब ग्यारेजसंग समन्वय गरी जम्मा गरिएको साथै उक्त सिलिन्डरहरु रिफिल गरी आवश्यकता अनुसार कोभिड अस्पतालहरुलाई आपुर्ति गर्ने व्यवस्था मिलाउने प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)