२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा भेन्टिलेटरसहितको ६१ शैय्याको कोभिड अस्पताल बन्दै, एक साताभित्र संचालन गर्ने तयारी

कोशीमा भेन्टिलेटरसहितको ६१ शैय्याको कोभिड अस्पताल बन्दै, एक साताभित्र संचालन गर्ने तयारी


विराटनगर – कडा लक्षण भएका कोरोना संक्रमित बढेर अस्पतालको शैय्या भरिएर बिरामीले उपचार पाउन छोडेपछि विराटनगरस्थित कोशी अस्पतालले कोभिड अस्पताल संचालनमा ल्याउने भएको छ । अस्पताल परिसरभित्र छुट्टै भेन्टिलेटरसहितको ६१ शैय्याको कोभिड अस्पताल संचलानमा ल्याउने तयारी गरिएको हो ।

५ शैय्याको भेन्टिलेटरसहितको आइसियू, २४ बेडको एचडीयू, ३२ अक्सिजनको सहितको बेड संचालनमा ल्याउने भएको कोशी अस्पतलाका सुपरिटेन्डेन्ड (मेसु) डा. चुमनलाल दासले जानकारी दिए । अस्पतालको मेडिकल कक्ष र ग्राउण्ड फ्लोरको पोस्टमेटल वार्डलाइ कोभिड अस्पतालको रूपमा संचालन गर्ने तयारी गरिएको छ ।

‘अहिले निमार्ण कार्य धमाधम भइरहेको छ,’ मेसु दासले भने, ‘एक साताभित्र संचालनमा ल्याउने तयारी गरिएको छ । अहिले तिव्र गतिमा काम भइरहेको छ ।’ उनका अनुसार मेडिकल कक्ष भित्रको चार वटा कोठा रहेका छन् । यी सबै कोठमा अक्सिजनसहितको बेड राखेर कोरोना संक्रमितको उपचार थपानी उनले बताए ।

‘अहिले सीसी टिभी, वाइरिङ, शैय्यामा पु¥याउन अक्सिजनको पाइपे जडानको काम र वेड व्यवस्थापनको काम भइरहेको छ,’ उनले भने, ‘३÷४ दिन भित्रमा काम सकिन्छ । त्यसपछि कोभिड अस्पताल सुरू हुनेछ ।’ कोभिड अस्पताल संचालनको लागि भेन्टिलेजर आवश्यक उपकरणहरू आइपुगेको छ ।

‘संघीय  सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयदेखि उपकरणहरू पठाइदिइसकेको छ,’ मेसु दासले भने, ‘संरचना तयार भएपछि जडान गर्न मात्र बाँकी छ ।’ अहिले कोशी अस्पतालमा कार्यरत चिकित्सकको टोलीले संक्रमितको उपचार गर्नेछन् । ‘जनशक्ति अपुग भए थप गरिनेछ,’ मेसु दासले भने ।

कडा लक्षणसहितको गम्भिर प्रकृतिका कोरोना संक्रमितको संख्या अहिले बढेपछि विराटनगरमा संचालित कोभिड अस्पतालहरु भरिन थालेको छ । आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्ने विरामीले बेड पाउन छोडेपछि पालो कुर्नुपर्ने अवस्था रहेको छ । त्यही भएर संघीय सरकार मातहतमा रहेको कोशी अस्पताल भित्र छुट्टै कोभिड अस्पताल संचालनको तयारी सुरू गरिएको हो ।

अहिले प्रदेश १ मा दैनिक थपिएको संक्रमित मध्ये आधा भन्दा बढी मोरङको रहेका छन् । त्यसमध्ये पनि प्रदेश १ को राजधानी विराटनगरमा धेरै संक्रमित भेटिन थालेका छन् ।

कोशी अस्पतला भित्र बन्दै गरेको कोभिड अस्पतलाको मंगलबार निरीक्षण पनि गरिएको छ । विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, अस्पतालका मेसु चुमनलाल दासलगायतले बन्दै गरेको कोभिड अस्पतालको निरीक्षण गरेका हुन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ