२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोभिड-१९ बाट सप्तकोशी नगरपालिका उपप्रमुखको मृत्यु

कोभिड-१९ बाट सप्तकोशी नगरपालिका उपप्रमुखको मृत्यु


विराटनगर-कोभिड-१९ को संक्रमणबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख आशा चौधरीको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका–२ विराट टिचिङ्ग हस्पिटलको कोभिड अस्पतालमा उपचारको क्रममा मंगलबार विहान ४ः१२ मा मृत्यु भएको अस्पतालका संयोजक सुनिल देवले जानकारी दिए ।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनलाई कोभिड १९ संक्रमण पुष्टि भएपछि २४ वैशाख बाट विराट टिचिङ्ग हस्पिटलमा भर्ना गरिएको थियो ।

आईसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको विराटको कोभिड अस्पतालका संयोजक देवले जानकारी दिए । गर्भवती रहेकी उनको तीन दिनअघि उनको पेटमा भएको बच्चा पनि मृतवास्थामा निकालिएको थियो ।

मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)