२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराट अस्पतालका डाक्टरसहित चार जनामाथि कुटपिट (भिडियोसहित)

विराट अस्पतालका डाक्टरसहित चार जनामाथि कुटपिट (भिडियोसहित)


विराटनगर–कोभिड–१९ का बेला फ्रन्टलाइनमा रहेर उपचारमा सक्रिय रहेका चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । उपचार लापरवाही गरेको आरोपमा मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट टिचिङ्ग हस्पिटलमा कार्यरत डाक्सरसहित चार जना कर्मचारीमाथि बिरामीका कुरूवाले कुटपिट गरेका छन् ।

बिरामीका कुरूवाले मंगलबार अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. सुदिप यादवसहित अस्पतालका चार जना कर्मचारी कुटपिट गरेका हुन् ।

कुटपिटबाट डा. यादवको गालामा चोट लागेको अस्पतालले जनाएको छ । बिरामीमा उपचारमा लापरबाही गरेको आरोप लगाउँदै बुढीगंगा गाउँपालिका–२ का अनिस श्रेष्ठ र निश्चल श्रेष्ठले चिकित्सकसहित चार जनामाथि कुटपिट गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

अनिस र निश्चल दाजु भाइ हुन् । उनीहरूको आमाको ब्लड प्रेसर घटेपछि मंगबलार विहान विराट टिचिङ्गि हस्पिटलको आकस्मिक कक्षमा ल्याएका थिए । आमाको उपचारमा लापरबाही गरेको भन्दै चिकित्सक यादव, हेल्थ असिस्टेन्ट निर्दोष बस्नेत, सुरक्षा गार्ड र अर्का एक जना कर्मचारीमाथि हातपात गरेको अस्पतालका कोभिड संयोजक डा. सुनिल देवले जानकारी दिए ।

बिरामीका कुरूवाले सुरूमा सुरक्षा गार्डमाथि हातपात गरेका थिए । त्यसपछि चिकित्सकलाई कुटपिट गरेको अस्पतालले जनाएको छ । घटनाको विषयमा कसरी अगाडी बढने यस विषयमा अहिले अस्पतालमा छलफल भइरहेको छ ।




क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ