२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १हेलिकोप्टर रिजर्व गरेर विराट टिचिङ्गमा कोरोना बिरामी ल्याउने संख्या बढ्यो

हेलिकोप्टर रिजर्व गरेर विराट टिचिङ्गमा कोरोना बिरामी ल्याउने संख्या बढ्यो


विराटनगर -मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको विराट टिचिङ्ग हस्पिटलको कोभिड अस्पतालमा पछिल्लो समय देशको विभिन्न स्थानदेखि कोभिड-१९ का जटिल बिरामीलाई उपचारको लागि ल्याउने क्रम बढेको छ ।

कडा र गम्भिर प्रकृतिका संक्रमित बढेर अस्पतालहरूका भेन्टिलेटरसहितका आईसियूको चरम अभाव भएपछि हेलिकोप्टर रिजर्व गरि संक्रमितहरू विराट टिचिङ्ग हस्पिटलमा ल्याउने बढेको हो ।

मंगलबार र सोमबार मात्र दुई जना संक्रमित थप उपचारको लागि विराट टिचिङ्ग हस्पिटलको कोभिड अस्पताल ल्याएको कोभिड संयोजक सुनिल देवले जानकारी दिए । सोमबार भरतपुरको चितवनदेखि र मंगलबार भोजपुरदेखि हेलिकम्पटर रिजव गरेर संक्रमित उपचारको लागि ल्याएको उनले बताए ।

यसअघि पनि पहाडी जिल्लाहरूदेखि कोरोना संक्रमित हेलिकोप्टर रिजर्व गरेर ल्याउने क्रमम बढेको उनेल बताए । उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष स्वास्थ्यकर्मी रहेको कारणले विराटमा पछिल्लो समय संक्रमित ल्याउने क्रमम बढेको छ । अस्पतालमा कोरोनाका जटिल बिरामीलाई थप उपचार गर्न अत्याधुनिक भेन्टिलेटरसहितका आइसियू शैय्या रहेको छ ।

यहाँ अहिले भेन्टिलेटर १८, आईसीयू  ६० शैय्याको रहेको छ । यस्तै, अक्सिजनसहितको १ सय ५६ गरि जम्मा २ सय ६१ शैय्याको कोभिड अस्पताल संचालनमा रहेको छ । सोमबार रातिसम्म कोभिड अस्पतालमा १ सय ९१ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ । ‘अहिले भेन्टिलेटर र आईसियूको शैय्या भरिएका छन्,’ उनले भने, ‘१८ जना भेन्टिलेटर ६० शैय्यामा कोरोना संक्रमितको उपचार भइरहेको छ ।’

भरतपुरदेखि ल्याएको संक्रमित चितवनको अस्पताहरूमा भेन्टिलेटर र आइसियू खाली नभएपछि विराटमा लिएर आएको बताइएको छ । ‘भेन्टिलेटर सहित आईसियूका लागि देशभरबाट विराटमा सम्पर्क गर्ने क्रमम बढेको छ, ’ उनले भने, ‘ हामी गुणस्तरीय सेवामा प्रतिवद्ध छौं । ’ उनका अनुसार अस्पतालले कोभिड र अन्य विरामीलाई उपचार गर्न अलग–अलग भेन्टिलेटर सहित आइसियू राखेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ