२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग

विराटका चिकित्सकमाथि कुटपिट प्रकरण : संघद्धारा कारवाहीको माग


विराटनगर – मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल कलेजका डाक्टर र स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुव्र्यवहारको घटनाप्रति नेपाल चिकित्सक संघ कोशी र नेपाल नर्सिङ संघ मोरङले भर्त्सना गरेको छ ।

अस्पतालको आकस्मिक कक्षमा छिरेर सोमबार राति डाक्टर सुदीप यादव र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि कुटपिट भएको थियो ।

डाक्टरमाथि आक्रमण भएपछि आकस्मिक कक्षको उपचारसमेत केहीबेर प्रभावित बनेको थियो । चिकित्सक संघ र नर्सिङ संघले मंगलबार साँझ संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टर सुदिप यादव, एच.ए निर्दोष बस्नेत, अब्जल रेन, ट्रली ब्वाइ अशोक गिरी, सेक्युरिटी गार्ड रामचन्द्र गिरी लगायत कर्मचारीलाई ज्यान मार्ने उद्देश्यसहित लखेटी लखेटी कुटपिट गरको उल्लेख छ ।

उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा दोषिलाई कडा कारबाहीको माग गरिएको छ ।

‘महामारीको यस विषम परिस्थितिमा स्वास्थ्य सैनिकको रुपमा अग्रभागमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स तथा स्वाास्थ्यकर्मी माथि हुने यस किसिमको घटनाले उहाँहरुको काम गर्ने वातावरणमा खलल पुगि शारिरीक र मानसिक रुपमा समेत असर गरी मनोबल समेत घट्ने भएकोले तत्काल यस घटनामा संलग्नलाई कानूनी दायरामा ल्याइ कडाभन्दा कडा कारबाही गरी आगामि दिनमा समेत यस किसिमको घटना हुन नदिन अस्पताल, चिकित्सक, नर्स तथा स्वास्थ्य कर्मीको शान्ति सुरक्षाको आवश्यक प्रबन्धका लागि तीन तहका सरकारहरु साथै सम्पूर्ण बुद्धिजीवि वर्ग, नागरिक समाजलगायत आम सर्वसाधारण जनतामा हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

उक्त विज्ञप्तिमा चिकित्सक संघ कोसीका अध्यक्ष डाक्टर फरवार्ड सिलवाल र नेपाल नर्सिङ संघ मोरङकी सचिव मेनुका भण्डारीले हस्ताक्षर गरेका छन् ।

यता, उक्त घटनामा बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठ लगायतको समूहको संलग्नता रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनामा संलग्न निश्चल र अनिललाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालेको जनाएको छ । घटनामा संलग्न केही व्यक्ति फरार रहेका कारण खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ