२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोभिड-१९ नियन्त्रण गर्न प्रदेश १ का स्वास्थ्य कार्यालयमा ५-५ लाख बजेट पठाउने तयारी

कोभिड-१९ नियन्त्रण गर्न प्रदेश १ का स्वास्थ्य कार्यालयमा ५-५ लाख बजेट पठाउने तयारी


विराटनगर – प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले स्वास्थ्य कार्यालयहरुलाई कोरोना संक्रमण नियन्त्रणका लागि ५–५ लाखका दरले प्रदेश १ का १४ वटै जिल्लाहरुमा रकम पठाइने तयारी भइरहेको बताएकी छिन् ।

प्रदेश १ का स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, स्वास्थ्य कार्यालयका प्रमुखहरु लगायतसँग बुधबार गरिएको भर्चुअल बैठकमा उनले कोरोना संक्रमण सकिएपछि जिल्लास्तरमा रहेका अस्पतालहरुले स्थानीय नागरिकलाई सेवा दिन सक्नेगरिको बनाउनुपर्ने जोड दिइन् ।

भर्चुअल बैठकमा बोल्दै उनले कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने बताइन । स्थानीयतहबाट एन्टिजेन, अक्सिजन, स्वास्थ्य सामाग्री लगायतको माग आईरहेकोले आवस्यकताका आधारमा चाडैं पठाइने पनि जानकारी गराइन ।

उनले स्थानीय तह तथा जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि अहोरात्र खट्ने, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीहरु लगायतलाई धन्यवाद व्यक्त गरिन । मन्त्री राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवश्यक रहेको बताइन । ‘जिल्लाका नागरिकले सामान्य उपचारका लागि पनि काठमाडौँ, विराटनगर धाउनु नपरोस्,’ उनले भनिन्, ‘जिल्ला स्तरमा व्यवस्थित अस्पतालको आवस्यकता रहेकोमा पनि जोड दिनुपर्दछ ।’

झापा, मोरङ र सुनसरी बाहेकका जिल्लाका नागरिकलाई स्वास्थ्य उपचारमा समस्या रहेको उनले बताइन् । उनले जिल्लास्तरमा अब  व्यवस्थित अस्पताल बनाउनुपर्नेमा जोड दिइन । प्रदेश सरकार, स्थानीय सरकार र दातृ निकायसँगको सहकार्यमा काम अघि बढाउन आवश्यक रहेकोमा उनको भनाई छ ।

बैठकमा सहभागि स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, स्वास्थ्य कार्यालयका प्रमुखहरुले कोरोना संक्रमणको अवस्था र हालसम्म गरिएका प्रयासका बारेमा जानकारी गराएका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ