२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा निःशुल्क एन्टिबडी परीक्षण

विराटनगरमा निःशुल्क एन्टिबडी परीक्षण


विराटनगर-विराटनगरमा निःशुल्क रूपमा एन्टिबडी परीक्षण गरिन थालिएको छ । कोभिड-१९ संक्रमितको उपचारमा आवश्यक प्लाज्माको माग आपूर्ति गर्न विराटनगर महानगरपालिकाले निःशुल्क एन्टिबडी परीक्षण सुरू गरेको हो ।

महानगरले बुधबारदेखि कोभिड १९ मुुक्त भएका व्यक्तिहरुको रगतमा प्लाज्मा भए नभएको पहिचान गर्न एन्टिबडी परीक्षण थालेको बताइएको छ । एन्टिबडी परीक्षणका लागि बुधबार पहिलो दिन महानगरले १० जनाको रगतको नमुना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाएको छ ।

जसमा ‘ओ’ पोजिटिभ रगत समूहका ७ जना, ए पोजिटिभ रगत समूहका २ जना र ए नेगेटिभ रगत समूहका १ जना रहेका छन् ।

प्रयोगशालाबाट प्राप्त नतिजाको आधारमा संक्रमणमुक्त व्यक्तिको प्लाज्मा संकलन गरिने महानगरले जनाएको छ । विशेषगरी गत चैत्र र बैशाखमा संक्रमणमुक्त भएका व्यक्तिहरुको एन्टिबडी परीक्षण थालिएको महानगरका जनस्वास्थ्य निरिक्षक दिलीपकुमार यादवले बताए । उनले प्राप्त नामावलीअनुसार एन्टिबडी परीक्षणका निम्ति बिहीबार २० जनाको रगतको नमुना संकलन गरिने जानकारी दिए ।

महानगरपालिकाले संक्रमित व्यक्तिको उपचारमा सहयोग पु¥याउन कम्तिमा ५० जनाको प्लाज्मा संकलन गर्ने तयारी गरेको छ । जसमा विशेषतः ए. बी नेगेटिभ, ए नेगेटिभ र बी नेगेटिभ रगत समुहको प्लाज्मा पाउन एकदमै कठिन रहेको महानगरका स्वास्थ्य महाशाखा संयोजक रमेश कार्कीले बताए । उनले हाल सोही रगत समुहको प्लाज्माको माग उच्च रहेको जानकारी गराए । हाल महानगरपालिकाले एन्टिबडी परीक्षणको आधारमा संकलन गरिने प्लाज्मा विराटनगरस्थित रक्तसञ्चार समुहमा जम्मा गर्ने योजना बनाएको छ । कोभिडका बिरामीलाई पनि ब्लड बैंकसँगको समन्वयमा प्लाज्मा उपलब्ध गराइने महानगरको तयारी छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार एक व्यक्तिको शरीरमा संक्रमणमुक्त भएको ३ देखि ४ हप्तामा एन्टिबडी निर्माण हुने गर्दछ । संकलित प्लाज्मा ब्लड बैंकमा स्टोर गरिसकेपछि कोभिडका बिरामीलाई ६ देखि ८ महिनाको अवधिसम्म पनि प्लाज्मा उपलब्ध गराउन सकिने महानगरका स्वास्थ्य महाशाखा संयोज कार्कीले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ