२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बिरामी ठग्ने फार्मेसी संचालक पक्राउ

बिरामी ठग्ने फार्मेसी संचालक पक्राउ


विराटनगर – महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणले मुलक आक्रन्त बनिरहेको बेला विराटनगरको एउटा फार्मेसीले बिरामीलाई ठगी गरेको पाइएको छ । विराट नर्सिङ्ग होम अगाडीको पश्चिमबासी फार्मेसीका संचालक रविन्द्र महतोले विरामीसँग औषधीमा बढी मुल्य लिएर विक्री बितरण गरेको पाइएको हो ।

महामारीको फाइदा उठाउँदै कमाउँदा धन्दामा लागेका महतोले औषधी खरिदमा विरामी ठगी गरेको आरोपमा बिहीबार पक्राउ परेपछि यस्तो रहस्य बाहिर आएको हो ।

पक्राउ परेका महतोले विराट नर्सिङ्ग होममा भर्ना भएका विरामीलाई महंगो मूल्यमा औषधी विक्री वितरण गरेको आरोप छ । प्रहरीले पश्चिमबासी फार्मेसीका संचालक महतोसहित विराट नर्सिङ्ग होम अगाडी रहेको अर्को गोलबजार फार्मेशसीका संचालक जितेन्द्र महतोलाई पनि नियन्त्रणमा लिएको थियो ।

तर, गोलबजार फार्मेसीका संचालक महतोले खरिद गरेको बिल अनुसार औषधी बिक्री बितरण गरेको प्रमाण प्रहरीलाई देखाउने भएको छ । त्यही भएर गोलबजार फार्मेशीका संचालक महतोले प्रमाण जुटाउन लागि परेका छन् । पक्राउ परेका मध्ये पश्चिमबासी फार्मेसीका संचालक महतोले औषधीको बढी मूल्य कायम गरि बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।
औषधीको कालोबजारी गरेको गुनासो आएपछि अनुसन्धानका लागि फार्मेसी सञ्चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय

मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘अहिले अनुसन्धान भइरहेको छ,’ डिएसपी राईले भने, ‘थप अनुसन्धानपछि विरामीलाई औषधीमा कति ठगी गरेको रहेछन् । त्यो अनुसन्धानपछि खुल्नेछ ।’

प्रहरी स्रोतको अनुसार विराट नर्सिङ्ग होममा भर्ना भएका विरामीले पश्चीमबासी फार्मेसीबाट एक सय रुपैयाँको औषधी खरिद गरेर लग्यो भने बिलमा १ सय ५० रुपैयाँको बनाउने गरेको प्रमाण भेटिएको छ ।

‘यसरी धेरै महंगो औषधीको पनि मूल्य बढाएर ठगी गरिएको भेटिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘विरामीले खरिद गरेको औषधीको लिस्ट लामो रहेकोले कति रुपैयाँ ठगी गरेको रहेछ, त्यो खुल्न केही समय लाग्नेछ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ