२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा ६३ प्रतिशत कोभिड–१९ संक्रमित संक्रमणमुक्त, कुन जिल्लामा कति ?

प्रदेश १ मा ६३ प्रतिशत कोभिड–१९ संक्रमित संक्रमणमुक्त, कुन जिल्लामा कति ?


विराटनगर–दोस्रो लहरमा फैलिएको कोभिड–१९ भाइरस संक्रमण फैलिदैं गर्दा निको हुने संक्रमितको संख्या पनि प्रदेश १ मा बढदंै गएको छ । प्रदेशमा ६३ प्रतिशत संक्रमित संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार १४ जिल्ला रहेको प्रदेश १ मा ३२ हजार ३ सय ६० जना संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त हुने ११ हजार ९ सय ३७ महिला र २० हजार ४ सय २३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा बढी मोरङका छन् । त्यसकारण सबैभन्दा बढी मोरङमा १४ हजार ४९२ जना संक्रमणमुक्त भएका छन् । जसमा ५ हजार ५७७ महिला र ८ हजार ९१५ पुरुष गरेको मन्त्रालयले जनाएको छ ।

संक्रमणमुक्त हुने मोरङपछि दोस्रोमा सुनसरी रहेको छ । सुनसरीमा निको हुने ९ हजार ३३५ रहेको छन् । ३ हजार ५८९ महिला र ५ हजार ७४६ पुरुष छन् । यस्तै झापामा १ हजार ७८३ महिला र ३ हजार १ सय ८८ पुरुष गरी ४ हजार ९७१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, धनकुटामा २ सय ३७, भोजपुरमा ९९, खोटाङमा १ सय, उदयपुरमा ५ सय २१, सोलुखुम्बुमा ३७, संखुवासभामा ३ सय ८० र तेह्रथुममा १ सय २७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा इलामका ५ सय ३, पाँचथरका १ सय ५१, ताप्लेजुङका १ सय ४५ र ओखलढुङ्गाका ४९ जना रहेको मन्त्रालयको अभिलेखमा देखिन्छ ।

जसमा स्थायी ठेगाना नखुलेका ३ सय ३७ महिला र ८ सय ७६ पुरुष गरी १ हजार २ सय १३ जनाले समेत कोभिड–१९ जितेको सामाजिक विकास मन्त्रालयका सुचना अधिकारी सदानन्द भट्टराईले बताए । उनले पछिल्लो समय संक्रमणमुक्त हुनेको संख्यामा पनि सन्तोषजनक देखिएको जानकारी दिए ।

प्रदेश १ मा हालसम्म ५१ हजार २ सय २७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ७ सय ६० जनाको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा मात्रै ९३ जना कोभिडमुक्त भएका छन् भने ७ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ