२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सबै नागरिकलाई खोप लगाउन सरकार लागिरहेको छ : मुख्यमन्त्री राई

सबै नागरिकलाई खोप लगाउन सरकार लागिरहेको छ : मुख्यमन्त्री राई


विराटनगर–प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको उनले बताए ।

मुख्यमन्त्री राईले संघीय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको बताए । विराटनगरमा करुणा फाउण्डेशन नेपालले प्रदेश नं १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रेटर बुझ्दै उनले नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता भएकाले सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा समेत खोपलाई उच्च प्राथमिकता दिन लागेको जानकारी दिए ।

उनले सरकारले नागरिकलाई कोभिड–१९ को संक्रमणबाट बचाउन स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको बताए । यो संकटका बेला सरकारलाई सबैको साथ आवश्यक रहेको भन्दै सामाजिक संघसंस्थाहरुले आफूले सकेको सहयोग गर्नुपर्नेमा जोड दिए ।

उनले करुणा फाउण्डेशनले कोभिड–१९ को पहिलो लहरमा पनि प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको स्मरण गर्दै धन्यवाद व्यक्त गरे । करुणा फाउण्डेशनले संखुवासभा, भोजपुर, तेह्रथुमलगायतका ७ जिल्लाका जिल्ला अस्पताललाई ३/३ वटा र कोशी कोभिड अस्पतालका लागि ९ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ