२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा २४ घण्टामा ६ जना कोभिड-१९ संक्रमितको मृत्यु

कोशीमा २४ घण्टामा ६ जना कोभिड-१९ संक्रमितको मृत्यु


विराटनगर-विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा पछिल्लो २४ घण्टामा ६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । ४ पुरुष र २ महिला गरी ६ जना संक्रमतिको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिहीबार राती ११ः३५ मा विराटनगर–५ का ६५ वर्षीय कोभिड-१९ संक्रमित पुरुषको मृत्यु भएको छ । राती १२ः०५ मा विराटनगर १ की ५९ वर्षीया महिला र १२ः१५ मा दमक–८ की ५८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालको सूचना अधिकृत अनुपम राजवंशीले जानकारी दिए ।

शुक्रबार विहान सिराहाको मिर्चैया–१ का २७ वर्षीय पुरुष, सप्तरीका ६० वर्षीय पुरुष र भारदह–३ का ५० वर्षीय पुरुष गरी ३ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिहीबार राती हावाहुरी र वर्षाका कारण अस्पतालको विद्युत काटिएर उपकरणहरु नचल्दा संक्रमितहरूले उपचार नपाएर मृत्यु भएको मृतकका आफन्तका आरोप छ । अस्पतालले सहज विधुत आपूर्तिको व्यवस्था नमिलाएपछि स्वास्थ्य उपकरणहरु चल्न रोकिएर संक्रमितको ज्यान गएको मृतकका आफन्तहरुले दावी गरेका छन् ।

अस्पतालका सूचना अधिकारी राजवंशीले कोभिड-१९ संक्रमितको उपचारको क्रममा श्वासप्रश्वासको जटिल समस्याका भएको कारणले मृत्यु भएको बताए । उनका अनुसार कोभिड–१९ उपचार केन्द्रमा ८७ जना सक्रिय संक्रमितहरुको उपचार भइरहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ