२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मन्त्रीको सिफारिसमा परेकालाई सुटुक्क खोप

मन्त्रीको सिफारिसमा परेकालाई सुटुक्क खोप


विराटनगर – प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईकाे सिफारिसमा विराटनगरको सिटी सिनेमा हलभित्र सत्तारुढ दल एमाले र आफू निकट व्यवसायी र कार्यकर्तालाई मात्र सुटुक्क खोप लगाउन थालेपछि स्थानियले खोप कार्यक्रम अवराेध गरेका छन् ।

सामाजिक विकास मन्त्रालयको गाडीमा ल्याइएको ३०० सय डोज खोप मध्ये शुक्रबार दिउसो करिब दुई सय जनालाई खाेप लगाइसकेपछि स्थानियहरुले विरोध गरि खोप कार्यक्रम अवरोध गरेका हुन ।

तीन सय डोज खोप लिएर पुगेको स्वास्थ्यकर्मीको टोलीले खोप लगाउन सुरु गरेपछि त्योभन्दा बढी संख्यामा सोर्स आउन थालेपछि सिटी सिनेमाको मुल गेटमा ताला लगाएर व्यवसायीलाईभित्र प्रवेश गर्न दिइएको थियो ।

मन्त्रालयबाट खोप र स्वास्थ्यकर्मी लिएर गएको बा १ झ ९३६५ नम्बरको मन्त्रालयको खोप बोक्ने विवाद पछि स्थानीयले १ घण्टा सिनेमाहलको प्राङ्गणमै रोकेर राख्दै बाँकी रहेको खोप वडा कार्यालयमा दिन दबाब दिएका थिए । आक्रोश बढ्न थालेपछि प्रहरीले गााडीसहित स्वास्थ्यकर्मीलाई सुरक्षित निकालेको थियो ।

खोप लगाउने बारेमा आफुलाई केही जानकारी नभएको विराटनगर महानगर पालिकाका मेयर भीम पराजुलीले बताए ।

यसअघि पराजुलीलाई सुटुक्क उद्योगीलाई खोप लगाएको आरोप स्थानीयले लगाएका थिए । मेयर पराजुलीले सिटी सेनामा हलमा खोप कार्यक्रम रहेपनि महानगरलाई कुनै जानकारी नभएको बताए ।

उनले भने,‘कसले कसका लागि खोप कार्यक्रम राखेको हो हामीलाई जानकारी छैन । मैलेपनि भखरै जानकारी पाए सिडिओ साबलाई सोध्दा उहाँले पनि आफुलाई सो बारेमा केही जानकारी नभएको जानकारी गराउनुभएको छ । म यसबारेमा थप बुझ्दैछु।’ प्रत्यक्षदर्शीका अनुसार दोस्रो चरणको खोप लगाउन आउनेमा एमाले समर्थित विभिन्न कर्मचारी सङ्गठनका सदस्य तथा पदाधिकारी, एमाले कार्यकर्ता र केही छानिएका उद्योगपति-व्यापारी थिए ।

मन्त्री राईले १५-२० जना कर्मचारीका लागि मात्र भनेर दाबी गरको खोपका लागि ३ सय जनालाई खोप लगाउने कार्यक्रम तय भएको जनस्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए ।

यता, खोप प्राविधिक हरि घिमिरेले आफूलाई जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले सिटी सिनेमामा खोप दिन जानु भनेर आदेश गरेको हुँदा टिमसहित आएको बताए । उनले करिब १ सय ५० जनालाई खोप दिइएको जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ