२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठपालिका स्वास्थ्य‘मेरो कार्यकालमा उर्लावारीको स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तनको अनुभूति हुनेछ’

‘मेरो कार्यकालमा उर्लावारीको स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तनको अनुभूति हुनेछ’


मोरङको विराटनगरपछि दोस्रो ठूलो सहर हो–उर्लावारी । संघीय नेपालमा स्वास्थ्य, शिक्षाजस्ता आधारभूत विकासका कामहरु स्थानीय तहले गर्न सक्ने गरी अधिकार प्रत्योजन गरिएको छ । कोभिड–१९ दोस्रो लहरबाट उर्लाबारी नगरपालिका पनि उच्च जोखिममा छ । संक्रमण समुदायस्तरमा फैलिइरहेको छ । कोभिड–१९ भाइरसको रोकथाम र नियन्त्रणमा उर्लाबारी नगरपालिका प्रमुख खड्गबहादुर फागो सक्रिय छन् । फागोसँग हेल्थ आवाजको लागि प्रदेश १ का संयोजक अनिल श्रेष्ठले उनी नेतृत्वमा आएपछि स्वास्थ्य क्षेत्रमा भएका कामहरु, संक्रमण रोकथाम र नियन्त्रणदेखि आगामी स्वास्थ्य योजनालगायतका यावत विषयमा केन्द्रित रहेर गरेको कुराकानी :

उर्लावारी नगरपालिकाको नेतृत्वमा आएपछि स्वास्थ्य तर्फ के—के काम भए ?
उर्लावारीका धेरै वडाहरूमा उपस्वास्थ्य चौकीको स्थापना भएर स्वास्थ्य सेवा संचालन भइरहेको छ । उर्लावारी–३ मंगलबारेमा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर रहेको छ । जुन ५० शैय्याको अस्पताल हो । यहाँ विशेषज्ञ चिकित्सकहरूद्धारा बिरामीको उपचार हुने गरेको छ । यस्तै, ८ नम्बर वडामा स्वास्थ्य चौकी रहेको थियो । अहिले हामीले कोभिड–१९ संक्रमतिको उपचार गर्ने ११ शैय्याको आइसोलन सेन्टर चलाएका छौं । यहाँ करारमा नियुक्त गरेको दुई जना मेडिकल अधिकृत चिकित्सक र स्वास्थ्यकर्मीहरुले उपचार गर्दछन् । हामीले सर्वसाधरणको स्वास्थ्यमा पहुँच होस्, स्वास्थ्य विमा कार्यक्रम पनि प्रभावकारी रूपमा कार्यन्वयनमा लगेका छौं । नगरभित्रका आर्थिक अवस्था नाजुक भएका, विपन्न परिवारको सदस्यको निःशुल्क जीवन विमा गरिदिने गरेको छौं । त्यसबाहेक प्रत्येक वडामा आधरभूत स्वास्थ्य केन्द्र गरेर ७ वटा रहेको छ । यसबाट पनि स्वास्थ्य उपचार हुने गरेको छ । हामीले कार्यकालको सुरुवातदेखि नै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइरहेका छौं ।

कोभिड–१९ को अवस्था उर्लावारीमा कस्तो छ ?
पहिलो लहरभन्दा दोस्रो लहरमा कोभिड–१९ संक्रमणको जोखिम उच्च देखिएको छ । अहिलेसम्म २ सय ५६ जना संक्रमित पुगेका छन् । १७ जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । १ सय ७ जना संक्रमणमुक्त भएर ठिक भएका छन् । पहिलो लहरमा उर्लाबारीमा संक्रमणले खासै प्रभाव नपरेपनि दोस्रो लहरको संक्रमण रोकथाम र नियन्त्रणमा प्रदेश, संघीय सरकारसँग समन्वय र निजी क्षेत्रसँग सहकार्य संक्रमण रोक्न र नगरवासीको ज्यान जोगाउन सक्रिय भएर फिल्डमा खटेर लागि परेको छु ।

उर्लावारी नगरपालिकाले कोभिड—१९ नियन्त्रणमा कसरी काम गरिरहेको छ ?
कोभिड—१९ को पहिचान भएपछि गाह्रो हुने बिरामीको लागि उर्लावारी ८ राजघाट ११ शैय्याको आइसोलेसन खेलेका छौं । राजघाटमा रहेको आइसोलेसन अक्सिजनसहितको हो । जहाँ दुई जना एमबीबीए डाक्टर र स्वास्थ्यकर्मीहरुको टिम छ । उहाँको प्रत्यक्ष संलग्नमा संक्रमितको उपचार हुने गरेको छ । निकै गम्भीर भएका बिरामीलाई विराटनगर र अन्य ठूला हस्पिटहरुमा रेफर गर्ने गरेका छौं । त्यसको लागि नगरपालिकाले स्टेनवाइज एम्बुलेन्सको व्यवस्था गरेको छ । यस्तै उर्लाबारी– ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पनि १२ शैय्याको कोभिड अस्पताल संचालनमा आएको छ । उर्लाबारीमा संक्रमण बढ्न थालेपछि निजीस्तरबाट पनि कोभिड अस्पताल संचालनमा आएको छ ।

उर्लावारीस्थित गोदावरी हस्पिटलले पनि १० शैय्याको कोभिड अस्पताल संचालनमा ल्याएको छ । नगरपालिकाले बनाएको आइसोलेसन र होम आइसोलेसनमा बसेका संक्रमितलाई गाह्रो भएर थप उपचारको लागि ठूला हस्पिटल लैजादा निःशुल्क एम्बुलेन्स सेवा सुचारू गरेको छ । होम आइसोलेसनमा रहेका संक्रमितहरूलाई स्वास्थ्य परामर्श पनि स्वास्थ्यकर्मीहरूले दिने गरेका छौं । संक्रमितमा सम्पर्कमा आएकाहरूको कन्ट्याङ टे«सिङमार्फत परीक्षण गरिनेछ भने एन्टिजेन परीक्षणलाई पनि निरन्तरता दिएको छ । अशक्त र ज्येष्ठ नागरिकहरूलाई आवश्यक पर्ने औषधी पनि हामीले घरमा पु¥याइदिने गरेका छौं । दीर्घरोगका समस्या भएका बिरामी अहिलेको यो संक्रमणमा फार्मेसीसम्म पुग्ने अवस्था छैन । हामी त्यस्ता विरामीलाई घरमा औषधी पु¥याउने संयन्त्रको विकास गरेको छु ।

स्थानीय तहले चिकित्सक र स्वास्थ्यकर्मी अभाव खेपिरहेको छ । उर्लावारी नगरपालिकाले जनशक्तिको कसरी व्यवस्थापन गरेको छ ?
नगरपालिकाले आन्तरिक स्रोतबाट विज्ञापन गरेर मेडिकल अफिसरहरु ल्याएका छौं । स्टाफ नर्सहरू पनि छन् । हामीले उहाँहरूलाई करारमा नियुक्त गरिएको हो । जुन एउटा अवधिभरको लागि काम गर्नुहुन्छ । आवश्यकताअनुसार थप गर्ने हाम्रो लक्ष्य पनि रहेको छ । स्थानीय तहले चिकित्सक र स्वास्थ्य जनशक्तिको अभाव खेपिरहेका छन् । यसमा प्रदेश र संघीय सरकारले ध्यान दिन जरुरी छ ।

नगरपालिकाले स्वास्थ्य प्राथमिकताको कुन तहमा राखेर काम गर्दै आएको छ ?
स्थानीय तहको पूर्वाधारपछि दोस्रो प्राथमिकता स्वास्थ्य र शिक्षा हो । पूर्वाधारपछि हामीले दोस्रो प्राथामिकतामा राखेर स्वास्थ्य क्षेत्रलाई नै दिएका छौ । अहिले प्राथमिकताको आधारमा नै स्वास्थ्य क्षेत्रमा काम भैरहेको छ । उर्लावारीमा थप १५ शैय्याको अस्पताल निर्माण गर्ने लक्ष्य रहेको छ । यसलाई आगमी नीति तथा कार्यक्रममा योजना बनाएर बजेट पनि विनियोजन गर्ने लक्ष्य रहेको छ ।

स्वास्थ्यका कार्यक्रम गर्ने क्रममा प्रदेश सरकार र संघीय सरकार साझेदारी गर्दा जटिलता आए कि आएनन् ?
हाम्रो अपेक्षाअनुसार बजेटको पाटोमा खासै सहयोग भएको छैन । यद्यपि, हामीले योजना बनाइरहेका छौं । हरेक वडामा स्वास्थ्य पहुँचमा नागरिकलाई जोडन लागि परेका छौं । बजेटको हिसाबमा प्रदेश सरकार र संघीय सरकारको पर्याप्त सहयोग भएको छैन । स्थानीय सरकारलाई प्रदेश एवं संघीय सरकारको सहयोग हुँदा परिणाम राम्रो आउने भएकोले हामीहरुले हरेक कार्यक्रममा सधैँ जोड्ने प्रयास गरिरहेका छौं । कोभिड–१९ को सुरुमा नै प्रोटोकलमा नहुँदा पनि संघ र प्रदेशले गर्ने काम पनि गरिरहेका थियौं । कोभिड–१९ को पहिलो लहरको समयमा संघ र प्रदेश समन्वय गरि काम गरेको थियो । दोस्रो लहरमा अपेक्षा गरेजस्तो सहयोग पर्याप्त आएको छैन । नगरपालिकाले आफ्नै स्रोत र साधन प्रयोग गरेर संक्रमण रोक्न काम गर्दै आएको छ ।

नेतृत्व हस्तान्तरण गर्दासम्म उर्लावारीको स्वास्थ्यलाई कहाँ पु¥याउने लक्ष्य छ ?
हिजोको अवस्थामा उर्लावारी वडाहरुमा उप—स्वास्थ्य चौकी समेत थिएन । हामी आएपछि आधारभूत स्वास्थ्य केन्द्र, अस्पताल निर्माण कार्य भैरहेको छ । ज्येष्ठ नगारिकहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमदेखि बिरामीको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने कार्यहरु भएको छ । हामी हुनसक्ने सबै आवश्यक कामहरु गरिरहेका छौं । हाम्रो डेढ वर्षको कार्यकालमा स्वास्थ्यका क्षेत्रमा धेरै नै परिवर्तन भएको अनुभूति हुनेछ । हामीले छोड्दै गर्दा स्वास्थ्यमा यहाँका नागरिकले पनि धेरै परिवर्तन भएको अनुभूति गर्ने विश्वास दिलाउछौँ ।


क्याटेगोरी : पालिका स्वास्थ्य, प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ