२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराट मेडिकल कलेज शिक्षण अस्पतालद्वारा अक्सिजन आपूर्तिमा गम्भीर हुन आग्रह

विराट मेडिकल कलेज शिक्षण अस्पतालद्वारा अक्सिजन आपूर्तिमा गम्भीर हुन आग्रह


विराटनगर–विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालले अक्सिजन आपूर्तिमा गम्भीर हुन आग्रह गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यलय, नागरिक समाज र सरोकारवाला सम्पूर्ण पक्षलाई अक्सिजन आपूर्तिमा गम्भीर हुन आग्रह गरेको हो ।

विराटले अहिले जेनतेनले अक्सिजन पु¥याइरहेको उल्लेख गर्दै अक्सिजन आपूर्ति चाहिएजति हुन नसकेको पनि स्पष्ट गरेको छ । उसले एक दिनमा कम्तिमा ६ सय थान अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा विभिन्न कम्पनीबाट ४ सय देखि ४५० सिलिण्डरमात्रै उपलब्ध भइरहेको बताउँदैं आपूर्तिको सुनिश्चितताका लागि आग्रह गरेको हो ।

‘यदि कम्पनीबाट अक्सिजन आउन १ २ घण्टा मात्र ढिलाइ भएमा ठूलो दुर्घटना भइ एकैचोटी धेरै बिरामीको ज्यान जान सक्छ, तसर्थ यस अस्पताललाई हाल उपलब्ध भइरहेको संख्यामा मात्र १५० थान थप सिलिण्डर व्यवस्था गर्न अक्सिजन उत्पादन कम्पनी र जिल्ला प्रशासनसँग नियमित समन्वय भैरहेको छ,’ अस्पताल प्रशासक सन्तोष निरौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही कम्पनीहरुमा प्राविधिक समस्याले उत्पादनमा कमी भई सप्लाई पुरा दिन नसकेको र सो को आपूर्ति अन्य कम्पनीबाट ल्याई बिरामीको उपचारमा कुनै कमी नराखेको प्रष्ट पार्न चाहन्छौं ।’

अस्पताल यसअघि विराट अस्पतालमा अक्सिजन अभावमा बिरामीको मृत्यु भन्ने सामाजिक सन्जालमा आएको उल्लेख गर्दै उक्त कुरा खण्डन गरेको छ । उसले अस्पतालमा अक्सिजनको अभावमा बिरामीको मृत्यु भएको कुरा भ्रामक रहेको बताउँदै उक्त कुरा तथ्यहीन भएको जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ