२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोभिड-१९ संक्रमित गर्भवतीले सुरक्षित जन्माइन नवजात शिशु

कोभिड-१९ संक्रमित गर्भवतीले सुरक्षित जन्माइन नवजात शिशु


विराटनगर – विराटनगरस्थित न्यूरो हस्पिटिलको विस्तारित शाखा मदर एण्ड चाइलड अस्पतालमा एक जना कोरोना संक्रमित महिलाले सुरक्षित रूपमा नवजात शिशुलाई जन्म दिएकी छिन् । विराटनगर घर भएकी ३३ वर्षिय महिलाले मदर एण्ड चाइलड अस्पतालमा नर्मल डेलिभरिबाट सुरक्षित रूपमा नवजात शिशुलाई जन्म दिएकी हुन् ।

ती महिलाको कोखबाट जन्मिएकी शिशु (छोरी) र आमाको अवस्था सामान्य रहेको मदर एण्ड चाइल्ड अस्पतालले जनाएको छ ।
कोभिड-१९ कहरकोबीचमा मदर एण्ड चाइल्ड अस्पतालका वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. शुभद्रा अग्रवालको नेतृत्वमा नर्मल डेलिभरि मार्फत नवजात शिशुको जन्म भएको हो ।

कोभिड-१९ महामारीकाबीच पनि अस्पतालले सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा दिंदै आएको छ । एक्कासी पेट दुखेपछि अस्पताल भर्ना भएकी ति महिलाको श्वाब संलकन गर्दा कोरोना संक्रमण देखिएको थियो ।  संक्रमण देखिएपछि स्वास्थ्य मापदण्ड पालना गर्दै मदर एउण्ड चाइल्ड अस्पतालमा संक्रमित गर्भवति महिलाको उपचार सुरू गरिएको थियो ।

‘अस्पतालको चिकित्सक र स्वास्थ्यकर्मीको टिमले गभर्वती महिलाको कोखदेखि नवजात शिशुलाई जन्म दिन सफल हुनुभएको छ,’ श्रीमन् पंकज कर्णले भने, ‘अहिले आमा र बच्चाको स्वास्थ्यअवस्था ठिक छ ।’

अस्पतालले कोरोना संक्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको तयारी गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ