२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित, कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग

कोशी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित, कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग


विराटनगर – विराटनगरस्थित कोशी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग राख्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।

महामारीको रूपमा फैलिएको कोभिड-१९ का बिरामीको उपचारमा फ्रन्टलाइनमा रहेर खटिएको स्वास्थ्यकर्मीमाथि भएको कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग राख्दै बुधबार कोशी अस्पताल परिसर भित्र स्वास्थ्यकर्मी र चिकित्सकहरू आन्दोलित भएका हुन् ।

बुधबार राती ९ बजे डियुटी सकेर घर जाने क्रममा विराटनगरको देवकोटा चोकमा कोशी अस्पतालमा कार्यरत सिनियर पाँचौ तहका अहेव अशोक राजवंशीलाइ दुई जना प्रहरीले कुटपिट गरेका थिए । प्रहरीको कुटाइदेखि स्वास्थ्यकर्मी चौधरीको खुट्टामा चोटपटक लागेको छ ।

कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग गर्नुको साथै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघ कोशीको अगुवाईमा अस्पताल परिसरमा आन्दोलित भएका हुन् ।

नेपाल चिकित्सक संघका कोशी अध्यक्ष डा. फरवार्ड सिलवालले ज्यान बचाउन खटिने स्वास्थ्यकर्मीमाथि सुरक्षा दिन बसेका प्रहरीले अमर्यादित तवरले कुटपिट गर्नु गम्भीर विषय भएको बताए । ‘फ्रन्टलाइनमा रहेर अहिले चिकित्सक र स्वास्थ्यकर्मी खटिएका छन् । कुन अवस्थामा आइरहेको व्यक्ति हो भनेर सामान्य सोधपुछ र पहिचान नलिकन स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नु प्रहरीबाट गलत काम भएको छ,’ अध्यक्ष सिलवालले भने, ‘त्यसरी अन्धाधुन्ध लाठी बर्साएर तर्साएरपछि निर्वाध रुपमा काम गर्न सकिदैन ।’

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ध्यानाकर्षण गराएको उनले बताए ।

यता, मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाहीको दायरमा ल्याउने बताएका छन् ।
स्वास्थ्यकर्मी माथि कुटपिट भएपछि बुधबार दिउँसो एसपी खड्का सहित कोशी अस्पतालमा चिकित्सकहरूसहितको उपस्थितमा बैठक बसेको थियो ।

बैठकमा स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारवाहीको दायरमा ल्याउने एसपी खड्काले जानकारी गराएको कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए । ‘कुटाइ खाने स्वास्थ्यकर्मीले जाहेरी दिएपछि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्ने भनेर अहिले भर्खर सकिएको बैठकमा जानकारी गराएर जानुभएको छ,’ मेसु दासले भने, ‘स्वास्थ्यकर्मी राजवंशीले पनि घाउँजाँच गरेपछि जाहेरी दिन मोरङ प्रहरी कार्यालय जानुहुनेछ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ