२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश – १ : थप ९८२ जना संक्रमण मुक्त, ७६४ संक्रमित थपिए

प्रदेश – १ : थप ९८२ जना संक्रमण मुक्त, ७६४ संक्रमित थपिए


विराटनगर –  प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९ सय ८२ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ सय ३७ महिला र ५ सय ४५ पुरुष रहेका छन् ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार सबैभन्दा बढी मोरङबाट ४ सय ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ४ सय ११ पुगेको छ ।

प्रदेश १ मा बिहीबार ७ सय ६४ जना संक्रमित थपिएका छन् । सुनसरीमा ३०१, मोरङमा २०२, झापामा १२२, पाँचथरमा ७०, खोटाङमा १६ रहेका छन् । यस्तै इलाममा १०, संखुवासभामा ६, धनकुटामा ५, उदयपुरमा २, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा १३६, धरानमा ९०, बराहक्षेत्रमा ३३, दुहवीमा ११, इनरुवामा ८, गढीमा ५, बर्जुमा ४, रामधुनीमा ३, देवानगञ्ज र भोक्राहानरसिंहमा २–२, कोशीगाउँपालिका र हरिनगरमा १–१, स्थानीयतहनखुलेका ५, मोरङको विराटनगरमा १५३, बुढीगंगामा ९, उर्लाबारीमा ८, जहदामा७, लेटाङ, सुन्दरहरैचा, पथरीशनिश्चरे, ग्रामथान र स्थानीयतहनखुलेका३–३ जना संक्रमित थपिएका छन्।

यस्तै,  केराबारी, धनपालथान, कटहरी र रंगेलीमा २–२, मिक्लाजुङ र बेलबारीमा १–१, झापाको दमकमा ६६, मेचीनगरमा १८, भद्रपुरर विर्तामोडमा ९–९, कनकाईमा ४, शिवसताक्षीमा ३, कचनकवलमा २, बा¥हदशी, गौरीगञ्ज, झापागाउँपालिका र कमलगाउँपालिकामा १–१ र स्थानीयतहनखुलेका७जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा ६३, फालेलुङमा ४ र हिलिहाङमा ३, खोटाङको खोटेहाङमा १६, इलामको इलामनगरपालिकामा ४, चुलाचुली र माई जोगमाईमा ३–३, संखुवासभाको खाँदबारीमा ४ र स्थानीयतहनखुलेका २, धनकुटाको पाख्रिवास र धनकुटा नगरपालिकामा २–२ र स्थानीयतहनखुलेका १, उदयपुरको उदयपुरगढीमा २, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस प्रदेशमा कोभिड संक्रमितको संख्या ६० हजार २२४पुगेको छ । भने, सक्रिय संक्रमितको संख्या १९हजार ८८० पुगेको छ । प्रदेश १ मा बिहिबार २ हजार १३७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३४८महिला र ४१६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ