२०७८ असार ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १एम्बुलेन्स चालकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

एम्बुलेन्स चालकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण


विराटनगर-नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले एम्बुलेन्स चालकहरूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । संघले कोशी एम्बुलेन्स चालक संघलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

फ्रन्टलाइनमा रहेर खटिने एम्बुलेन्स चालकहरूलाई माक्स, सेनिटाइजरलगायका स्वास्थ्य सामाग्री वितरण गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।

संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले स्वास्थ्य सामाग्री कोशी एम्बुलेन्स चालक संघका अध्यक्ष अशोककुमार यादवलाई हस्तान्तरण गरेका थिए ।

यसअघि पनि संघले सुरक्षाकर्मी, पत्रकार र ज्येष्ठ नागरिकहरूलाई पनि स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)