२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बाल सुधार गृहमा ५० जनाको स्वाब परीक्षण गर्दा २५ जनामा कोभिड पुष्टि

बाल सुधार गृहमा ५० जनाको स्वाब परीक्षण गर्दा २५ जनामा कोभिड पुष्टि


विराटनगर –  प्रदेश १ को राजधानी विराटनगरमा रहेको बाल सुधार गृहमा कोभिड-१९ संक्रमण फैलिएको छ । उमेर नपुगेका विभिन्न अपराधमा संलग्न भइ कैद सजाय भुक्तान गर्दै आएका बालविज्याईकर्तालाई राखिने सुधार गृहमा संक्रमण फैलिएको पाइएको हो ।

बाल सुधार गृहका ५० जनामा पिसिआर परीक्षण गर्दा २५ जना बालकमा संक्रमण देखिएको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । बाल सुधार गृहमा क्षमताभन्दा धेरै बालविज्याइकर्ताहरू राखिएको छ । ५० जना क्षमता भएको सुधार गृहमा १९३ जना बालक छन् ।

गत जेठ २ गते पहिलो पटक एक बालकमा कोभिड-१९ संक्रमण पुष्टि भएपछि लक्षण देखिएका थप दुई जनाको रिपोर्ट पोजेटिभ आएको थियो । जेठ १३ गते कन्ट्याक्ट ट्रेसिङमा परेका ५० जनाको पिसिआर गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको पाइएको छ । २२ जनाको रिपोर्ट पोजेटिभ आएयता अन्य बालकको पिसिआर परीक्षण भएको छैन ।

सुधार गृहभित्र रहेका बालकहरुमा ज्वरो र खोकीको लक्षण देखिएको स्रोतले जनाएको छ । जेठ १३ गते संकलन गरिएको नमुनाको रिपोर्ट १७ र १८ गते आउँदा २२ जनामा कोरोना देखिएको भएपनि अन्य बालकको परीक्षण अझै भएको छैन । सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार संक्रमण पुष्टि भएका बालकहरूलाई छुट्टै स्थानमा राखिएको छ । जेठ १३ गते स्वाब सङ्कलन गरिएका बालकको रिपोर्ट ढिलो आएकोले अन्य बालकको परीक्षणमा ढिलाई भएको उनको भनाई छ ।

सङ्क्रमण पुष्टि भएका बालकहरूमा कुनै लक्षण भने नदेखिएको उनले बताए । पोजेटिभ देखिएका बालकलाई महानगरपालिकाको आइसोलेसनमा राखिएको छ । सुधारगृहको एउटै कोठामा २५ जनासम्म बालकहरुलाई राखिएकोले उनीहरुमा कोभिड फैलिएको हो ।

सुधारगृहमा १४ वटै जिल्लाका बालविज्याईकर्तालाई अदालतको आदेशपछि राखिन्छ । सुधार गृहमा १४ देखि १८ वर्ष उमेर समूहका बालकहरु छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ