२०७८ असार ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा ७० हजारलाई भेरोसेल खोप लगाइने, मंगलबारदेखि लगाउन सुरू

प्रदेश १ मा ७० हजारलाई भेरोसेल खोप लगाइने, मंगलबारदेखि लगाउन सुरू


विराटनगर – प्रदेश १ मा ७० हजारलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाइने भएको छ । मंगलबारदेखि १४ वटै जिल्लामा खोप लगाइने भएको हो ।

६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने काम भइरहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु शाहले जानकारी दिए । उनका अनुसार सोमबारसम्मा प्रदेश १ का सवै जिल्लामा खोप पुगिसक्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ मा दुवै मात्राका लागि १ लाख ४० हजार ५०५ डोज खोप पठाएको छ । प्रदेश स्वास्थ्य आपूर्तिमा  आएको खोपलाई जिल्ला–जिल्लामा पठाउने काम भइरहेको उनले बताए ।

शाहका अनुसार ताप्लेजुङमा ३,७०३, संखुवासभामा ४,४००, सोलुखुम्वुमा २,८८५, ओखलढुङ्गामा ४,२९१, खोटाङमा ४,८४८, भोजपुर ४,३४७, धनकुटामा ४,८५३, ते¥हथुममा २,८४६, पाँचथरमा ५,५८१, इलाममा ८,८६२, झापामा २६,४१९, मोरङमा ३१,१८५, सुनसरीमा २६,१३२, उदयपुरमा १०,१५१ डोज खोप पठाउने काम भईरहेको छ । शाहका अनुसार दुवै डोजका लागि खोप पठाइएको छ ।

कोभिड-१९ विरुद्धको भेरोसेल खोप सरकारले निर्धारण गरेको मापदण्ड अनुसारका व्यक्तिहरुलाई मात्र लगाउन सामाजिक विकास मन्त्री उषाकला राईले निर्देशन दिएकी छिन् । उनले सबै नागरिकलाई चाँडोभन्दा चाँडो कोभिड-१९ विरुद्धको खोप लगाउन सरकार लागि परेको बताइन् ।

विश्व स्वास्थ्य संगठनले भेरोसेल १८ वर्षमाथि जुनसुकै उमेर समूहले लगाउन मिल्ने भनेपछि पहिलो चरणमा प्राप्त खोप ६०–६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई मात्र लगाउन सरकारले मापदण्ड बनाएकाले सोही अनुसार गर्न भनिएको उनले बताइन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)