२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरक्षा दिन प्रदेश सांसदको माग

कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरक्षा दिन प्रदेश सांसदको माग


विराटनगर – कोभिड-१९ संक्रमितको उपचारमा फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीमाथि आक्रमणको घटना बढेपछि प्रदेश १ को प्रदेशसभा बैठकमा स्वास्थ्यकर्मी सरक्षाको माग गरिएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै प्रदेश सांसदहरुले महामारीको रुपमा फैलिएको कोभिड-१९ भाइरस रोकथाम र नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षा राज्यले गर्नुपर्ने माग राखेका हुन् ।

प्रदेशसभा सदस्य ज्योती सुब्बाले कोभिडमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाको माग राखिन् । उनले पछिल्लो समय स्वास्थ्यकर्मीहरुमाथि अक्रमण बढेको जानकारी दिंदै राज्यले स्वास्थ्यकर्मीको सुरक्षा दिनुपर्ने बताइन् ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य झलक बहादुर मगरले झापाको दमकमा भएको प्रहरीले सुकुम्बासी माथि गरेको दमनप्रति आपत्ती जनाए । ‘केही दिन अगाडी सुकुम्बासी बस्तीमा प्रहरीको दमन गरेको छ,’ उनले भने, ‘राज्यले सुकुम्बासीलाई धनीपूर्जा दिएर व्यवस्थित गरिनुपर्ने ठाउँमा आक्रमण गर्नु प्रशासनको ज्यादती हो ।’

यस्तै, प्रदेशसभा सदस्य नारायण बहादुर मगरले प्रदेशभित्र अलपत्रमा परेको योजनाको ध्याकर्षण गराए । ‘एक महिना अगाडी ३० करोड भौतिम पूर्वाञ्धार मन्त्रालयमार्फत खानेपानीको लागि बजेट आएको थियो । त्यो बजेट न्यायोचित बितरण भएको छैन । समानुपातिक ढंगले वितरण गरिनुपर्ने थियो । त्यो भएन,’ उनले भने ।

यस्तै, प्रदेशसभा सदस्य प्रताप प्रकाश हाङगामले ताप्लेजुङ्गमा अक्सिजन प्लान्ट निमार्णमा बजेट अभाव भएकोले प्रयाप्त बजेट बिनायोजन गरिदिन प्रदेश र संघीय सरकारसँग माग गरेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ