२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह

प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह


विराटनगर – प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नुपर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उनले आग्रह गरेक हुन्  ।

मन्त्री राईले भने,‘केन्द्रले प्रवन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति होस् । कोभिड-१९को तेस्रो लहर सुरु हुने विज्ञहरुले बताइरहेकाले आवश्यक तयारी गर्नुपर्ने देखिन्छ ।’ तेस्रो लहरको पनि पुर्वतयारी आवस्यक रहेकोमा मन्त्री राईले जोड दिएका छन्  ।

प्रदेशका दुर्गम–दुर्गम स्थानमा कोभिड फैलिँदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागिपरेको उनले बताए । मन्त्री राईले सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपूर्तिमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवश्यक रहेकोमा जोड दिए।

उनले प्रदेश १ का सबै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको जानकारी दिए। मन्त्री राईले भने,‘ प्रत्येक जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने गरि अघि बढेका छौं ।’

सबै स्थानीय सरकारको बजेट केन्द्रिकृत गरि पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माणमा लागि परेको उनले बताए  ।  ‘एचडियू, आईसियू, भेन्टिलेटर, आवश्यक जनशक्ति सहितको विकसित अस्पताल निर्माण हुनेछ ।’ ,उनले भने ।

विपन्न नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरि विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको उल्लेख गरे । भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ, सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरु, मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ