२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटमा १४ शैय्याको मोडुलर आईसियू संचालनमा, घरमै बसेर बिरामी हेर्न सकिने

विराटमा १४ शैय्याको मोडुलर आईसियू संचालनमा, घरमै बसेर बिरामी हेर्न सकिने


विराटनगर – विराटनगर अस्पताल (विराट नर्सिङ होम) ले १४ शैय्याको अत्याधुनिक मोडुलर आईसीयू संचालनमा ल्याएको छ । अस्पतालले ११ बेडको न्यूरो सर्जिकल आईसीयू सेवा पनि बधुबारदेखि संचालनमा ल्याएको हो  ।

मोडुलर आईसियूमा संक्रमणको दर अत्यन्तै कम हुने बताइएको छ । मोडुलर आइसियूमा भर्ना भएका बिरामीका आफन्तले घरबाटै बिरामीलाई हेर्न सक्नेछन् । मोडुलर आईसियूमा घरबाटै हेर्न सक्ने गरी कम्प्युटराइज्ड प्रविधिको व्यवस्था गरिएको अस्पतालका इन्चार्ज डा. ललित राजवंशीले जानकारी दिए ।

‘अस्पतालको मोडुलर आईसियूमा भर्ना भएका बिरामीका आफन्तले घरबाटै विरामीको अवस्था हेर्न सक्ने गरि त्यस्तो प्रविधिको विकास गरेका छौं,’ उनले भने ।

विराटनगर अस्पतालमा विभिन्न विभागका १०२ बेड आईसियू छन् । यो उच्च प्रविधियुक्त आईसियू भएको अस्पतालको दाबी छ । अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले नयाँ–नयाँ अत्याधुनिक उपकरण भित्र्याएर विरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढने बताए । ‘

अस्पतालले बिरामीलाई गुणस्तरीय सेवा प्रदानमा कुनै कमी हुन दिदैन,’ अध्यक्ष कार्कीले भने, ‘अत्याधुनिक प्रविधि ल्याएर बिरामीलाई गुणस्तरीय सेवा दिन सधैभरी लागि पर्नेछौं ।’

अत्याधुनिक मडुलर आईसियूको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गरे । उनले अस्पतालको आईसियू उदघाटन गर्दै विरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ