२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ सरकारलाई ६२ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

प्रदेश १ सरकारलाई ६२ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण


विराटनगर – प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामग्री आइतबार सामाजिक विकास मन्त्री उषाकला राईलाई  हस्तान्तरण गरिएको हो ।

युएनडिपीकातर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा कन्सनट्रेटर रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए ।

यस्तै, युएसएआडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्याण्ड सेनिटाइजर ५ सय लिटरको ५० थान र के ९५ मास्क ३ सय थान प्राप्त भएको शाहले बताए ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै सामाजिक विकासमन्त्री राईले कोभिड-१९ संक्रमण नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताए । सबै  पक्षको सहयोगमा संक्रमण नियन्त्रण गर्न सकिने मन्त्री राईले बताइन् । सहयोगी संस्थाहरुलाई आगामी दिनमा पनि सहयोगका लागि आग्रह गरिन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा युएनडिपीका धनबहादुर चन्द, युएसएआडीको सुआहारा परियोजनाका प्रदेश संयोजक सुभाष गौतम लगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ