२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १मा संक्रमणमुक्त हुने संख्या बढदै, एकैदिन १२९९ जनाले जिते कोभिड-१९

प्रदेश १मा संक्रमणमुक्त हुने संख्या बढदै, एकैदिन १२९९ जनाले जिते कोभिड-१९


विराटनगर – प्रदेश १ मा कोभिड-१९  मुक्त हुनेको संख्या बढदै गएको छ ।  पछिल्लो एक सातामा प्रदेशमा संक्रमित हुनेभन्दा पनि संक्रमण मुक्त हुनेको संख्या बढेको बढेको हो ।

प्रदेशमा बिहीबार १ हजार २९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३७३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार एक हजार २ सय ८१ जना कोरोना संक्रमणमुक्त भएका थिए । जसमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र ५६३ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, मंगलबार प्रदेश–१ मा ५५७ जना संक्रमणमुक्त भए । जसमा २३२ महिला र ३२५ पुरुष थिए । जबकि, त्यो दिन ३८५ जना कोरोना संक्रमित थपिए ।

प्रदेश–१ को सबैभन्दा बढी संक्रमित भएको जिल्ला मोरङ हो । त्यसमा पनि राजधानी विराटनगर अधिक प्रभावित छ । विराटनगरमा पनि संक्रमितको संख्या घट्दो क्रममा पुगेको छ ।

संक्रमित घटदा पनि जोखिम उस्तै चिकित्सक

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दास दुई सातायता कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा कमी आएको बताए । ‘संक्रमणमुक्तको संख्या वृद्धि हुदा जोखिम घटिसकेको छैन । संक्रमण पूरै भागेको होइन, स्वास्थ्य सावधानी भने अपनाउनैपर्छ,’ मेसु दासले भने । उनले समाजमा खोपको माध्यमबाट ठूलो मात्रामा हर्ड इम्युनिटी सिर्जना नगरुन्जेल संक्रमणको उच्च जोखिम रहने बताए ।

प्रदेशमा ३ सय ९३ संक्रमित थपिए

प्रदेश १ मा बिहीबार ३९३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, ते¥हथुममा १३, उदयपुरमा ९, इलाममा ७, संखुवासभा र धनकुटामा ३–३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८३, सुन्दरहरैचामा २०, उर्लाबारीमा ६, पथरीशनिश्चरे र बेलबारीमा ५–५, केराबारी र लेटाङमा ४–४, मिक्लाजुङ, कटहरी, रंगेली र बुढीगंगामा ३–३, रतुवामाई र ग्रामथानमा २–२, कानेपोखरी र जहदामा १–१, सुनसरीको धरानमा ४५, इटहरीमा ३०, दुहवीमा ४, बराहक्षेत्रमा ३, देवानगञ्ज, रामधुनी र इनरुवामा २–२, गढी कोशी गाउँपालिका र बराहक्षेत्रमा १–१, झापाको विर्तामोडमा १५, हल्दिबारीमा १०, मेचीनगर र कनकाईमा ८–८, अर्जुनधारा र दमकमा ६–६, भद्रपुर र शिवसताक्षीमा ४–४, कमल गाउँपालिकामा २, कचनकवल, बुद्धशान्ति, बा¥हदशी र गौरादहमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको हो  ।

त्यसैगरि, पाँचथरको फिदिममा ३९, ते¥हथुमको म्याङलुङमा १३, उदयपुरको कटारी र चौदण्डीगढीमा ३–३, त्रियुगामा २ र बेलकामा १, इलामको सुर्योदय र रोङमा २–२, इलाम नगरपालिका, चुलाचुली र माईमा १–१, संखुवासभाको खाँदबारी, मादि र चैनपुरमा १–१, धनकुटाको धनकुटा नगरपालिकमा २ र छथरमा १, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोभिड-१९ संक्रमितको संख्या ६७ हजार २२८ पुगेको छ । सक्रिय संक्रमितको संख्या १३ हजार ७८३ रहेको छ । बिहीबार १ हजार ४२९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १७५ महिला र २१८ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ