२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधी व्यवसायी संघको स्थापना दिवसमा हप्ताभरी कार्यक्रम, पहिलो दिन बालगृहमा खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण

औषधी व्यवसायी संघको स्थापना दिवसमा हप्ताभरी कार्यक्रम, पहिलो दिन बालगृहमा खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण


विराटनगर—नेपाल औषधी व्यवसायी संघको ४८ औं स्थापना दिवसको अवसरमा एक हप्ताभरी कार्यक्रम गरी मनाउने भएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले ४८ औं स्थापना दिवसमा हप्ताभरी विभिन्न कार्यक्रम गरेर मनाउने भएको हो ।

संघको स्थापना दिवसको अवसर पारेर पहिलो दिन आइतबार मोरङको उर्लाबारी–७ मा रहेको नमूना बाल गृहका बालबालिकाहरूको लागि महिना दिनसम्मलाई पुग्ने खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरेको छ । संघका पदाधिकारीहरू पुगेर ६० जना बसोवास गर्दै आएका बाल गृहका बालवालिकाहरुको लागि खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले बाल गृहकी अध्यक्ष मीना बराललाई खाद्य र स्वास्थ्य सामाग्री हस्तान्तरण गरे । बाल गृहकी अध्यक्ष बरालले मनकारी संघसंस्थाहरुको सहयोगमा संचालन हुदै आएको बालगृहमा निषेधाज्ञाको समयमा बालगृहलाई संघले ठूलो सहयोग पु¥याएको बताइन् । संघले यसअघिको लकडाउनको समयमा पनि बालगृहलाई खाद्य सामाग्री र स्वास्थ्य शिविर आयोजना गरेर बालबालिकाहरुको विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरेको थियो ।

स्थापना दिवसको अवसर पारेर संघले मोरङको पूर्वी क्षेत्रका संचारकर्मीहरू आवद्ध भएका संचार क्लब उर्लाबारीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । संघका अध्यक्ष तिम्सिनाले सेनिटाइजर र माक्स संचार क्लबका अध्यक्ष सरोज बस्नेतलाई हस्तान्तरण गरे ।

स्थापना दिवसको अवसर पारेर विराटनगरस्थित कोशी अस्पतालमा रहेको बिरामीहरूलाई पनि फलफूल वितरण गरिने संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । उनकाअनुसार आर्थिक अवस्था नाजुक भएका मोरङका दृष्टिविहीन परिवारलाई पनि खाद्यान्य सहयोग गर्ने जानकारी गराए । सप्ताहको अन्तिम दिन असार १० गते संघको विराटनगरस्थित कार्यक्रलयमा विहान ८ बजे झण्डोतोलन कार्यक्रम रहेको छ । सोही दिन विहान ९ बजे विराटनगरको हस्पिटल चौकमा खुल्ला रक्तदान कार्यक्रम राखिएको छ ।

कोभिड रोकथाम र नियन्त्रण गर्न निषेधज्ञाको समयमा चरम रूपमा रगत अभाव भइरहेको अवस्थामा रगत नपाएर कसैको पनि ज्यान नजाहोस् भन्ने उद्देश्यले स्थापना दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष ढकालले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन असार १० गते साँझ संघमा आवद्ध भएका सम्पूर्ण सदस्यहरुले औषधी पसल अगाडी स्थापना दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम राखिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ