२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्यमा १८ करोड बजेट : निःशुल्क रगतदेखि १५ शैय्याको अस्पताल संचालनसम्म

स्वास्थ्यमा १८ करोड बजेट : निःशुल्क रगतदेखि १५ शैय्याको अस्पताल संचालनसम्म


विराटनगर—अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिदैं विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार आठौं नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथामिकतमा राखिएको छ । यस्तै, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, सुशासन तथा सेवा प्रभाव, अधुरा आयोजनाहरुको कार्यन्वयन, फोहोरमैलाको दिगो व्यवस्थापनलाई पनि महानगरपालिको नीति तथा कार्यक्रमलाई प्रथामिकतामा दिइएको छ ।

विगतको वर्षका कार्यक्रमलाई निरन्तरत दिदैं आएको उपप्रमुख योजनाअन्तर्गत ‘छोरी बचाउ छोरी पढाउ’ अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । विराटनगर—१५ र १९ वडामा १५ शैय्याको अस्पताल निर्माण गरी संचालन गरिने भएको छ । विराटनगर—१९ मा रहेको स्वास्थ्य चौकीमा पेडियाट्रिक केयर स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

मेडिकल कलेज तथा निजी अस्पताल संघसँगको सहकार्यमा महानगरपालिका भित्रका विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने भएको छ । कार्यविधी तयार गरेर महानगरको ५० प्रतिशत र सुकुम्बासी विपन्न परिवारको ५० प्रतिशत साझेदारीमा स्वास्थ्य  बिमा लागु गरिने भएको छ । महानगरभित्र बाल अस्पताल सम्भाव्यता अध्ययन तथा निर्माणका लागि आवश्यक सहयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, विपन्न नागरिकहरुका लागि उपलब्ध गराउँदै आएको उपचार सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको छ । अपाङ्गता न्यूनीकरणका लागि नव दम्पतीहरुलाई सचेतामूलक शुभ कामना कार्ड वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विराटनगर महानगरले आर्थिक वर्ष २०७८/०७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट बिनियोजन गरेकोमध्ये स्वास्थ्य क्षेत्रमा १८ करोड १ लाख २८ हजार रुपैयाँ छुट्याइएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ