२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विकृतिलाई निरुत्साहित गर्न औषधी ऐन कडा बनाउन व्यवसायीको माग

विकृतिलाई निरुत्साहित गर्न औषधी ऐन कडा बनाउन व्यवसायीको माग


विराटनगर – पुरानो र सजाय कम भएको औषधी ऐन २०३५ हुँदा औषधी क्षेत्रमा देखा परेको विकृति अन्त्य हुन नसकेकोले कडा ऐन ल्याएर अपराधमा संलग्नलाई कारवाही गर्न औषधी व्यवसायीहरुले माग राखेका छन् ।

नेपाल औषधी व्यवयासी संघको ४८औं स्थापना दिवसको अवसर पारेर मोरङले विराटनगरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा बोल्दै व्यवसायीहरुले यस्तो बताएका हुन् ।

औषधी क्षेत्रमा देखा परेको विकृति अन्त्य गरी स्वच्छ र मर्यादित व्यवयासी संचालन गरिनुपर्नेमा उनीहरूले जोड दिए । संघका पूर्व अध्यक्ष लक्ष्मण माझीले व्यवसायी एक ढिक्का भएर स्वच्छ र मर्यादितरूपमा व्यापार व्यवसाय गरिनुपर्ने बताए ।

यस्तै, नेपाल औषधी व्यवसायी महासंघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले औषधी क्षेत्रमा धेरै गुनासो आउने भएकोले मर्यादित र स्वच्छपूर्ण तरिकाले औषधी व्यवसायीहरुले व्यापार व्यवसाय संचालन गरिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष देशबन्दु ढकालले पुरानो औषधी ऐनलाई परिमार्जन गरि कडा सजाए भएको औषधी ऐन ल्याउनुपर्ने बताए । ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ज्यान लिनेसम्मका अपराध गरेको देखा परेका छन् । तर, अहिले पुरानो औषधी ऐन हुदा अपराधमा संलग्न प्रतिवादी सामान्य धरौटिमा छुटने र पुरानै धन्दा संचालन गर्दछन्,’ उनले भने, ‘त्यही भएर राज्यले कडा सजायको व्यवस्था राखेर औषधी ऐन परिमार्जन गरेर ल्याउनुपर्दछ । जसले गर्दा औषधी क्षेत्रमा देखा परेको विकृति अन्त्य हुनेछ ।’

कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख सन्जिब शर्मा कट्टेलले औषधी क्षेत्रमा देखा परेको विकृति अन्त्य गरिन सबै क्षेत्र लागि परे मात्र स्वच्छ र मर्यादित व्यवसाय संचालन गर्न सकिने बताए । उनले औषधी ऐन शंसोधन गरिन राज्य लागि परेको बताए । ‘अहिलेको ऐन पुरानो भएकोले औषधी ऐन शंसोधनको लागि ३ पटक ड्राफ्ट भइसकेको छ,’ उनले भने, ‘नयाँ आउने औषधी ऐनमा थप परिमार्जन भएर आउनेछ ।’

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्य चन्द्रदत्त पौडेल, पुर्व अध्यक्ष सुवास अग्रवाल, नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्ष संन्जीव खनाललगायतले बोलेका थिए । सोही अवसरमा २०४३ सालदेखि मर्यादित रूपमा व्यवसाय संचालन गर्दै आएका अशोक थापालाई सम्मान गरिएको छ । थापालाई कदर पत्र र दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेल र संघका अध्यक्ष तिम्सिनाले सम्मान गरे ।

स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरे । सोही अवसरमा विराटनगरस्थित कोशी अस्पतालका बिरामीलाई फलफूल पनि वितरण गरिएको छ ।

यसअघि मोरङको कटहरी गाउँपालिका – २ आर्दशटोलमा रहेको एक दृष्टिविहिन परिवारलाई खाद्यान्य सहयोग गरेको थियो । भने, मोरङको उर्लाबारी – ७ मा रहेको नमूना बाल गृहका बालबालिकाहरूको लागि महिना दिनसम्मलाई पुग्ने खाद्यान्य र मोरङको पूर्वी क्षेत्रका संचारकर्मीहरू आवद्ध भएका संचार क्लब उर्लाबारीलाई स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ