२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १दम्पत्ति नै प्रतिबन्धित औषधी कारोबारमा, धरौटीमा छुटेपछि पनि पुरानै धन्दा

दम्पत्ति नै प्रतिबन्धित औषधी कारोबारमा, धरौटीमा छुटेपछि पनि पुरानै धन्दा


विराटनगर – सुनसरीको एक दम्पत्ति औषधी व्यवस्था विभागमा दर्ता नभएको प्रतिबन्धित औषधीको कारोबारमा संलग्न रहेको पाइएको छ ।
भारतदेखि तस्करी गरि सुनसरीलाई आधार इलाका क्षेत्र बनाएर प्रदेश १ को विभिन्न पूर्वीशहरहरूमा प्रतिबन्धित औषधीको कारोबार गर्ने गरेको खुलेको हो ।

सुनसरी प्रहरीले प्रतिबन्धित औषधीको कारोबार गरेको आरोपमा धरान – ९ कि ३० वर्षीया आस्मा खातुनलाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको छ । खातुनले श्रीमान मुन्ना खानसँग मिलेर प्रतिबन्धित औषधीको कारोबार चलाउने गरेका छन् ।

उनीहरूले कोठा भाडामा लिएर विभागमा दर्ता नभएका औषधीको चरम दुरूपयोग गर्दै लागूऔषध प्रयोगकर्तालाई चर्को मुल्यमा बिक्री -वितरण गर्ने गरेको औषधी व्यवस्था विभागले गरेको प्राराम्भिक चरणको अनुसन्धानदेखि खुलेको हो । खातुनका श्रीमान यसअघि अवैध लागूऔषध बिक्री-वितरण गरेको आरोपमा अहिले सुनसरी प्रहरी हिरासतमा रहेका छन् ।

यसअघि पनि प्रतिबन्धित औषधीको कारोबार गरेपछि अदालतले धरौटीमा छोडेका प्रतिवादी हुन् । अदालतमा धरौटी बुझाएर छुटेपछि पनि उनीहरूले पुरानो अवैध धन्दालाई निरन्तरता दिँदै आएका थिए ।

शनिबार खातुनलाई लागूऔषध प्रयोगकर्तालाई प्रतिबन्धित औषधी बिक्री-वितरण गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । धरानको पुरानो बजारमा रहेको खातुनको कोठादेखि ठूलो परिमाणमा ‘स्पाजमो प्रोक्सिभोन प्लस’बरामद गरेको हो । जुन औषधी विभागमा दर्ता छैन ।

अवैध धन्दामा लागेको गिरोहले ‘स्पाजमो प्रोक्सिभोन प्लस’ लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री गर्ने गरेको औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख संन्जिव शर्मा कट्टेलले जानकारी दिए ।

खातुनको कोठामा लुकाई राखेको ‘स्पाजमो प्रोक्सिभोन प्लस’को ३०६ पत्ता २४४८ क्यापसुल प्रहरीले फेला परेको हो । प्रहरीले सुरूमा लागूऔषध प्रयोगकर्ता धरान २ का ३५  वर्षीय मुन्ना प्रसाद मण्डललाई प्रतिबन्धित औषधी सहित पक्राउ गरेको थियो । उनले दिएको बयानको आधारमा खातुनदेखि प्रतिबन्धित औषधी विक्री गरेको खुलेकोपछि पक्राउ गरेको हो ।

प्रतिबिन्धत औषधीको कारोबार गर्ने खातुनले ६ पत्ता ‘स्पाजमो प्रोक्सिभोन प्लस’ चार हजार ५ सयमा बिक्री गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । भारतदेखि ल्याएको प्रतिबन्धित औषधी सप्तरी हुँदै धरान ल्याउने गरेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय धरानले खातुनलाई पक्राउ गरेपछि थप कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरलाई बुझाएको थियो ।

यसअघि पनि प्रतिबन्धित औषधीको कारोबारमा खातुन पक्राउ परिसकेको कारणले विभागले ‘पटके’ बनाएर अदालतमा अभियोग बुझाउने तयारी गरेको छ । ‘खातुन यसअघि पनि प्रतिबन्धित औषधीको कारोबारमा पक्राउ परेकी प्रतिवादी हुन्,’ विभागका प्रमुख कट्टेलले भने, ‘अनुसन्धान पूरा गरेपछि पटेक बनाएर अदालतमा अभियोग बुझाउने छौं ।’ विभागले आइतबार खातुन विरूद्ध अदालतमा १० दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ