२०८३ कात्तिक ४, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोभिड उपचारमा खटिएका डा. साहको घरमा चोरी, एमबीबीएसको सर्टिफिकेट पनि गायब

कोभिड उपचारमा खटिएका डा. साहको घरमा चोरी, एमबीबीएसको सर्टिफिकेट पनि गायब


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा कार्यरत डा. पुरन चन्द साहको घरमा चोरी भएको छ ।विराटनगर–४ जामुनगाछीमा रहेको घरको मुल ढोकामा लगाएको ताला फोडेर करिब ८ लाख मुल्य बराबरको धनमाल चोरी भएको हो ।

कोभिड—१९ संक्रमितको उपचारमा मेडिकल अधिकृत साह कोशी अस्पताल कोभिड उपचार केन्द्रमा ड्युटीमा खटिएका थिए । ड्युटीमा खटिएको मौका पारी घरको ढोका फोडेर दराजमा राखिएको धनमाल चोरी भएको डा. साहले जानकारी दिए ।

‘मुल ढोका र बाहिरी गेटमा ताला लगाएर ड्युटीमा गएको थिए । श्रीमती पनि माइत गएकी थिइन्,’ उनले भने, ‘त्यही मौका छोपेर चोरी भएको रहेछ ।

डा. साहको घरबाट चोरले दुई तोला सुन र अन्य धनमाल लुटपाट गरेको छ । ‘घरको मुल ढोकामा लगाएको ताला नभएको छिमेकीले जानकारी दिएपछि घर आए । घरमा आउँदा सामान छरपस्ट थियो,’ उनले भने, ‘दराजमा राखिएको एमबीबीएस उत्तीर्ण गरेको सार्टिफिकेट पनि छैन ।’

डा.साहले चोरी भएको घटनाको विषयमा मोरङ प्रहरीमा पनि जानकारी गराएका छन् । प्रहरीले घटनामा संलग्नको खोजी भइरहेको जानकारी गराएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ