२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङमा खुकुलो पार्दै थपियो निषेधाज्ञा, भोलिदेखि जोरबिजोरमा गाडी चल्ने

मोरङमा खुकुलो पार्दै थपियो निषेधाज्ञा, भोलिदेखि जोरबिजोरमा गाडी चल्ने


विराटनगर—जिल्ला प्रशासन कार्यालय मोरङले केही खुकुलो पार्दै निषेधाज्ञाको समयावधि थप एक साता लम्बाएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जिल्लाभर २८ असार मध्यरातिसम्मका लागि दशौं पटक निषेधाज्ञा अवधि थप गरेका हुन् ।

मंगलबारदेखि मोरङमा जोर–बिजोरका आधारमा सार्वजानिक र निजी गाडी सञ्चालन गर्न दिइने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए । सोमबार बिहान बसेको डिसिसीएमसीको बैठकले निषेधाज्ञा अवधिभरि सबै किसिमका पसलहरु बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिने, सार्वजनिक र निजी सवारी साधन जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको उनले बताए ।

यसअघि ४ बजेसम्म मात्र पसलहरू खोल्न दिने गर्ने निर्णय प्रशासनले गरेको थियो । शैक्षिक संस्था, सैलुन, ब्यूटी पार्लर, जिमलगायतका खेलकुद, साप्ताहिक हाटबजार सञ्चालन गर्न भने नपाउने उनले बताए । अस्पतालहरुमा कोभिड–१९ संक्रमितको संख्या घटेकोले पसलहरु सञ्चालनमा केही खुकुलो पारिएको तर संक्रमणको जोखिम यथावतै रहेकोले स्वास्थ्य सुरक्षा मापदण्ड सबैलाई अपनाउनुपर्नेछ ।

मोरङ प्रशासनले सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिई सकेको छ । कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक १८ वैशाख राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ