२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोभिड संक्रमणको अन्त्यपछि कोशीलाई प्रसूती अस्पताल बनाइने

कोभिड संक्रमणको अन्त्यपछि कोशीलाई प्रसूती अस्पताल बनाइने


विराटनगर – कोभिड-१९ संक्रमणको अन्त्य पछि अहिले उपचार भइरहेको कोशी कोभिड उपचार केन्द्रलाई स्त्री रोग तथा प्रसूती अस्पताल प्रदेश सरकारले बनाउने भएको छ । प्रदेश सरकार मातहत रहेर अस्पताललाई प्रसूतीको उपचार गर्ने छुट्टै अस्पताल बनाउने तयारी गरिएको हो ।

प्रदेश सरकारले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रमम र बजेटमा पनि कोभिड उपचार केन्द्रलाई प्रसूती अस्पताल बनाउने सामावेश गरेको छ । कोभिड-१९ संक्रमणको अन्त्यपछि कोभिड अस्पताललाई स्त्री रोग तथा प्रसुती अस्पताल बनाउने तयारी रहेको सामाजिक विकास मन्त्री उषाकला राईले बताइन् ।

‘प्रदेश सरकारले यसका लागि आवश्यक बजेटको पनि प्रवन्ध गरेको छ,’ उनले भनिन्, ‘कोभिड अन्त्यपछि यस अस्पताललाई छुट्टै प्रसूतीको उपचार गरिनेछ ।’

आईसियू र भेन्टिलेटरसहितका ९६ वटा शैय्या रहेको अस्पतालमा शुक्रबारसम्ममा ४१ जना उपचारत रहेको अस्पतालका संयोजक वैजनाथ साहले जानकारी दिइन् ।

उनको अनुसार जनरल वेडमा ८, एचडियुमा १५ र आईसीयुमा १८ जना उपचाररत छन् । कोरोना संक्रमित पछिल्लो समय अस्पतालमा भर्ना हुने दर पनि घट्दै गएको उनले जानकारी गराए ।

‘अहिले कोभिड १९ का बिरामी अस्पताल आउने संख्या पहिले जस्तो छैन,’ मन्त्री राईले भनिन्, ‘बिगतका दिनहरूमा भन्दा अहिले संक्रमित भएर अस्पताल आउनेको संख्या ह्वातै घटेको छ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ