गृहपृष्ठ ∕ प्रदेश १ ∕ खोटाङ अस्पताललाई बायोकेमेस्ट्री एनालाइजर हस्तान्तरण खोटाङ अस्पताललाई बायोकेमेस्ट्री एनालाइजर हस्तान्तरण अनिल श्रेष्ठ सोमवार, २०७८ असार २८ गते, १९:०० मा प्रकाशित विराटनगर – प्रदेश १ सरकारले खोटाङ जिल्ला अस्पताललाई फुल्ली अटोमेटिक बायोकेमेस्ट्री एनालाइजर मेसिन हस्तान्तरण गरेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरले खरिद गरेको सो मेसिन सामाजिक विकासमन्त्री उषाकला राईले अस्पतालका ल्याव टेक्निसियन शेखर अधिकारीलाई सो मेसिन हस्तान्तरण गरेकी हुन् । जिल्ला अस्पतालमा अत्याधिक बिरामीको चाप रहेकाले सुगर, लिभर फङ्सन लगायतको परीक्षणमा समस्या हुँदै आएको थियो । सो मेसिनले एक घण्टामा साढे ३ सय नमूना परीक्षण गर्ने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिए । एकैपटकमा ७२ वटा नमूनाहरु राख्न सकिने उनले बताए । फुल्ली अटोमेटिक बायोकेमेस्ट्री एनालाइजर मेसिनको बजार मुल्य करिब ३५ लाखसम्म पर्ने साहको भनाई छ । मन्त्री राईले जिल्ला अस्पतालहरुलाई आवश्यकता आधारमा स्वास्थ्य उपकरणहरु प्रदेश सरकारले प्रदान गर्दै जाने बताए । खोटाङ अस्पतालका ल्याव टेक्निसियन अधिकारीले परीक्षणमा सहज हुने र उपचारमा पनि सरलता आउने उनको भनाई छ । क्याटेगोरी : प्रदेश १ ट्याग : #खोटाङ अस्पताल, #बायोकेमेष्ट्री एनालाइजर तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक… मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी धेरै पढिएका १ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ ४ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ५ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ६ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ७ विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५७ वर्ष पुरानो विराटनगर नर्सिङ क्याम्पसको प्रशासनिक भवन उद्घाटन ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५७ वर्ष पुरानो विराटनगर नर्सिङ क्याम्पसको प्रशासनिक भवन उद्घाटन ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता