२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्यूरोमा कोभिड–१९ संक्रमितको सफल शल्यक्रिया

न्यूरोमा कोभिड–१९ संक्रमितको सफल शल्यक्रिया


विराटनगर–मोरङको विराटनगरस्थित न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालमा भर्ना भएकी उदयपुरकी कोभिड–१९ संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ ।

एक्कासी पेट दुःखेपछि उदयपुरको विभिन्न अस्पतालमा उपचार असम्भव भएपछि सोमबार एम्बुलेन्समार्फत विराटनगरस्थित मदर एण्ड चाइल्ड अस्पतालमा ल्याएर भर्ना गरिएकी २९ वर्षीया महिलाको मंगलबार दिउँसो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।

कोभिड–१९ संक्रमित रहेकी ती महिलाको एक्कासी पेट दुख्दा अस्पताल ल्याएपछि जाँच गर्दा एपेन्डिक्सको समस्या देखिएपछि सफल शल्यक्रिया गरिएको मदर एण्ड चाइल्ड अस्पतालका प्रशासन शाखा प्रमुख अजित बस्नेतले जानकारी दिए । अस्पतालका वरिष्ठ सर्जन डा. अभिशेक चौधरीको टोलीले शल्यक्रिया गरेको हो । अहिले महिलाको स्वास्थ्य अवस्था सामान्य छ ।

मदर एउण्ड चाइल्ड अस्पतालमा भर्ना भएकी सो महिलाको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि विभिन्न सावधानीहरु अपानाएर शल्यक्रिया गरिएको हो । सर्जन डा. चौधरीका अनुसार सबै सुरक्षाको उपाय अपनाएर ती महिलाको शल्यक्रिया गरिएको हो । ‘कोरोनासँग डराएर बिरामीको उपचार रोक्नु हुँदैन,’ उनले भने, ‘हामीले पनि उच्च सतर्कता अपनाउँदै उनको उपचार गरेका हौं ।’

उनकाअनुसार बिरामीको समयमै सफल शल्यक्रिया भएपछि सम्भावित दुर्घटनाबाट बचेको हो । चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले सबै सुरक्षाको उपाय अपनाउँदै शल्यक्रिया गरिएको हो ।

यता उनकी श्रीमान विकास भट्टराईले अन्य अस्पतालहरुले कोभिडको बिरामी भन्ने बितिकै नछुने र अलग्गै लगेर राख्ने भएपनि मदर एण्ड चाइल्ड अस्पतालले दिन रात केही नभनी सफल शल्यिक्रया गरिदिएकोमा कृतज्ञता व्यक्त गरे । ‘अन्य धेरै अस्पतालमा गएमा कोभिड बिरामीको नाम सुन्ने बितिकै पर-परै रहने भएपनि यहाँ चाहिँ बिरामी र कुरुवा अस्पताल प्रशासनले गरेको व्यवहारप्रति खुसी छु,’ उनले भने ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ