२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी कोभिड केन्द्रका २४ स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

कोशी कोभिड केन्द्रका २४ स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता


विराटनगर – पहिलो लहरको कोभिड संक्रमणका बेला अग्रपंक्तिमा काम गर्ने विराटनगरस्थित कोशी कोभिड-१९ उपचार केन्द्रमा खटिएका २४ जना स्वास्थ्यकर्मीले चार महिनाको जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । प्रदेश १ सरकारले चासो नदिँदा कोशी कोडिभ उचपार केन्द्रमा खटिएका २४ स्वास्थ्यकर्मीले गत मंसिरदेखि कार्तिकसम्मको जोखिम भत्ता नपाएको गुनासो गरेका हुन् ।

जोखिम भत्ता नपाउने ८ जना मेडिकल अधिकृत, ८ जना एचए र ८ जना स्टाफ नर्स रहेका छन् । पहिलो चरणमा संक्रमण फैलिएपछि प्रदेश सरकारले २०७७ भदौ २१ देखि फागुन २० गतेसम्म सम्झौता गरेर ६ महिनासम्मको लागि २४ जना स्वास्थ्यकर्मीलाई करारमा नियुक्त गरेका थिए । सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

पहिलो लहरमा खटिएका २४ जना स्वास्थ्यकर्मीहरुले चार महिनाको जोखिम भत्ता नपाएको हेल्थ असिस्टेन्ट दिलिप सिंहले गुनासो गरे । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ताकेता गर्दा सुनुवाइ नभएको उनले बताए । अस्पतालमा कार्यरत २४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ता बाँकी रहेको उनले जानकारी गराए । ‘सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री शेरधन राईलाई जोखिम भत्ता उपलब्ध गराइदिन लिखित तथा मौखिक जानकारी गराइसकेको छ,’ उनले भने, ‘अहिलेसम्म भत्ताको रकमबारे कुनै निर्णय भएको छैन ।’

जोखिम भत्ताको लागि मन्त्रालयमा ताकेता गर्दा पनि अहिलेसम्म नपाएको उनले बताए । दोस्रो लहरमा संक्रमण फैलिदा कोभिड उपचार केन्द्रमा पहिले काम गर्ने स्वास्थ्यकर्मीलाइ भाइपास गरेको उनको भनाई छ । ‘हाम्रो करार अवधि सकिएपछि कामकाट निकालियो । दोस्रो लहरमा संक्रमण फैलिएपछि हामीलाई काममा प्राथामिकतमा राख्नुपर्ने हो, ‘उनले भने।


क्याटेगोरी : प्रदेश १
ट्याग : #कोशी कोभिड केन्द्र, #पाएनन् जोखिम भत्ता, #मेडिकल अधिकृत


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ