२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १रेडियोलोजिस्ट विदामा बस्दा बिरामीलाई सास्ती, ५ दिनसम्म कुर्दा पनि आएन सिटी स्क्यानको रिपोर्ट

रेडियोलोजिस्ट विदामा बस्दा बिरामीलाई सास्ती, ५ दिनसम्म कुर्दा पनि आएन सिटी स्क्यानको रिपोर्ट


विराटनगर – विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत रेडियोलोजिस्ट नहुँदा ल्यावको रिपोर्ट दिन ढिलाइ भएको छ । सिटीस्क्यान गर्ने रेडियोलोजिस्ट विदामा बसिदिदा परीक्षणको रिपोर्ट आउन ढिलो भएको हो ।

विराटनगर ६ का ७० वर्षीय असरफी कामतले कोशी अस्पतालमा सिटीस्क्यानको लागि परीक्षण गरेको पाँच दिन भइसक्दा पनि शुक्रबार साझसम्म रिपोर्ट नआएको बताए ।

‘घाँटीमा समस्या भएपछि गोल्डेन अस्पतालमा चेकजाँच गरेको थिए । चिकित्सकले घाँटीमा गम्भिर समस्या देखिएका कारण सिटीस्क्यान गराउनु पर्ने सल्लाह दिनुभयो,’उनले भने, ‘केही पैसा सस्तो हुने भएकोले गोल्डेनदेखि करिब ५० मिटर उत्तरमा रहेको सरकारी अस्पताल कोशीमा पुगे । ४ हजार रुपैयाँ दिएर कोशी अस्पतालमा सिटीस्क्यान गराएको ५ दिन वित्दा पनि अहिलेसम्म रिपोर्ट आएको छैन ।’ अस्पतालको ल्याबमा जानकारी लिँदा चिकित्सक नभएकोले रिपोर्ट नआएको भन्दै आएको कामतले बताए ।

सिटी स्क्यान गरेको पुर्जी

सिटी स्क्यान गरेको २४ घन्टाभित्र रिपोर्ट आउने ल्याबका कर्मचारीले बिरामीका आफन्तलाई जानकारी गराएपनि अहिलेसम्म रिपोर्ट नआएको बिरामी असरफी कामतका नाती सन्तोष कामतले जानकारी दिए । ‘सिटी स्क्यान गरेको भोलिपल्टदेखि रिपोर्ट आयो कि भन्दै लिन जान्छु । रिपोट आएको छैन भन्दै कर्मचारीले फर्काउने गरेका छन् ।’ रिपोर्ट नआउँदा बिरामीलाई थप समस्या भएको आफन्त बताउँछन् ।

‘के भएर घाँटी दुखेको रहेछ भनेर सिटी स्क्यानको रिपोर्ट आए चिकित्सकलाई पनि थाहा हुने थियो । अहिलेसम्म रिपोर्ट नआउँदा थप उपचार हुन सकेको छैन,’ बिरामीका नाती सन्तोषले भने, ‘सरकारी अस्पतालको ताल यस्तो छ । अनि कहाँबाट हामी जस्तोले भनेको बेलामा चाँडो सेवा पाउँछौं ।’

सिटी स्क्यानको रिपोर्ट दिने विभागीय प्रमुख रेडियोलोजिस्ट राजाबावु सुवाल हुन् । सुवालका आफन्तलाई कोभिड-१९ संक्रमण भएकोले चार दिनदेखि विदामा छन् । आफु विदामा बसेको र केही प्राविधिक कारणले रिपोर्ट दिन ढिलो भएको उनले बताए ।

कोशी अस्पतालका मेसु डाक्टर चुमनलाल दास रेडियोलोजिस्ट विभागका चिकित्सकका आफन्त बिरामी भएको कारणले रिपोर्टमा समस्या आएको बताए । ‘प्राविधिक कारणले बिरामीलाई रिपोर्ट दिन ढिलो भएको जनगुनासो आएको छ,’ उनले भने, ‘यसको समस्याको समाधान चाँडै हुनेछ ।’

सिटी स्क्यान गर्ने विभागमा वैकल्पिक रुपमा रेडियोलोजिस्ट नहुँदा बिरामीलाई रिपोर्ट दिन समस्या हुने गरेको छ । भएको एक जना रिडियोलोजिस्ट विदामा बस्नुप¥यो भने बिरामीलाई रिपोर्ट दिन समस्या हुने गरेको छ । दैनिक ओपीडीमा १ हजार भन्दा बढी बिरामीले सेवा प्रदान गर्ने अस्पतालमा वैकल्पिक रेडियोलोजिस्ट राख्नुपर्ने बिरामीका आफन्तले माग गरेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ