२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अवरोधपछि विराटनगरमा खोप कार्यक्रम स्थगित, वडा सदस्यसहित ६ जनालाई खोप केन्द्रमै थुनियो

अवरोधपछि विराटनगरमा खोप कार्यक्रम स्थगित, वडा सदस्यसहित ६ जनालाई खोप केन्द्रमै थुनियो


विराटनगर-विराटनगर महानगरपालिका–८ को वडा कार्यालयमा मंगलबारदेखि लगाउन सुरू भएको ‘जोनसोन एण्ड जोनसोन’ खोप कार्यक्रम स्थगित भएको छ । स्थानीय युवाहरूको समूहले अवरोध पु¥याएपछि वडा कार्यालयले दुई दिनका लागि खोप कार्यक्रम स्थगित गरेको हो ।

अपाङ्गता भएका व्यक्तिहरूलाई खोप लगाउन सुरू भएपछि स्थानीय युवाले खोप लगाउन अवरोध गरेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरुले खोप लगाउने कार्यक्रम स्थगित गरेका थिए । विराटनगर ८ स्थित सप्तकोशी स्कुलमा मंगलबार विहान १० बजेदेखि सुरु गरिएको ‘जोनसोन एण्ड जोनसोन’ खोप आफुहरु असुरक्षित भएको भन्दै स्वास्थ्यकर्मीहरुले खोप लगाउने कार्यक्रम रोकेका हुन् ।

८ नम्बर वडामा ३ सय वटा खोप आएको थियो । जसमा ४५ वटा खोप लगाइसकेपछि स्थानीयले अवरोध गरेको खोप केन्द्रकी स्वास्थ्यकर्मी अन्जु श्रेष्ठले जानकारी दिइन् । ‘हामीले अपाङगता भएका व्यक्तिहरुलाई लगाउदै थियौं । त्यही क्रममा स्थानीयले अवरोध गरे,’ उनले भनिन्, ‘उहाँहरुको उमेर ४८ र २८ वर्षको हुनुहुन्थ्यो ।’ नेपाल सरकारले नै अपाङगता भएका व्यक्तिहरुलाई जुनैसुकै केन्द्रबाट लगाउन मिल्ने आदेश आएको थियो ।

तर, अपाङगता भएका व्यक्तिहरुलाई खोप लगाउने क्रममा अवरोध पु¥याएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । स्थानीयले खोप लगाउने कार्यक्रममा अवरोध पु¥याएपछि दुई दिनको लागि स्थगित गरिएको विराटनगर ८ का वडाअध्यक्ष निश्चत अर्यालले जानकारी दिए । ‘खोप कार्यक्रममा अवरोध पु¥याएपछि स्वास्थ्यकर्मीहरूले असुरक्षित भएको भन्दै अहिले बिहीबारसम्मका लागि खोप कार्यक्रम स्थगित गरिएको हो,’ उनले भने, ‘दुई दिनपछि खोप कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’ वडाअध्यक्ष अर्यालले नेपाल सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर कसैलाई पनि खोप नलागएको बताएका छन् । ‘मैले स्पष्ट भनेको पनि थिएँ । हाम्रो वडाको कुनैपनि जनप्रतिनिधीले सोर्सफोर्स लगाएर आए त्यस्तो अवस्थमा खोप नलगाउनु भनेर तर, स्वास्थ्यकर्मीलाई जुन काम गर्न अवरोध गरिएको छ त्यो निन्दनीय छ । हाम्रा स्वास्थ्यकर्मीलाई जब सम्म काम गर्ने वातावरण हुन्न तबसम्म हामी खोप लगाउदैनौं,’ उनले भने ।

स्थानीयको अवरोधपछि ३५० वटा आएको खोपमध्ये ३०० वटा खोप फिर्ता भएको छ । जसमध्ये ५ वटा स्थानीयको अवरोधका कारण बिग्रिएको छ भने ४५ वटा खोप लगाएको त्यहाँ खटिएका स्वास्थ्यकर्मीले बताएका छन् ।

वडा सदस्यसहित ६ जनलाई खोप केन्द्रमा थुनियो

५० वर्षभन्दा तलको उमेर समूहलाई खोप लगाइदिएको भन्दै स्थानीय युवाको समूहले खोप कार्यक्रममा खटिएकी विराटनगर ८ की वडा सदस्य भारती पोखरेसहित ६ जनालाई थुनिदिएका छन् ।

स्थानीयले युवाहरूको समूहले वडा सदस्य पोखरेलसहित ६ जनालाई विराटनगर ८ को खोपकेन्द्र सप्तकोशी स्कुलको कोठामा केही बेर थुनिदिएका हुन् । वडा सदस्य पोखरेलसहित खोप कार्यक्रममा खटिएका चार जना स्वास्थ्यकर्मी र वडा कार्यालयका कर्मचारीहरू युवा भण्डारी, लुगेन्द्र राजवंशीलाईलाई थुनिदिएपछि वडा प्रहरी कार्यालय ‘ख’ हाटखोलाका असई साजन राईको नेतृत्वमा खटिएको प्रहरी टोली खोप केन्द्रमा पुगेर ढोका खोलेर उनीहरू बाहिर निकालेको थियो ।

वडा सदस्यलाई खोप केन्द्रमा थुन्नु अगाडि युवाको समूहले स्वास्थ्यकर्मीहरूलाई तथानाम गालीगलौज पनि गरेका थिए । त्यही भएर विराटनगर ८ को खोप केन्द्रमा खटिएका चारजना स्वास्थ्यकर्मीहरूले काम गर्ने वातावरण र शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म खोप नलगाउने बताउँदै आएका छन् । खोप कार्यक्रममा अवरोध पु¥याउने र वडा सदस्यलाई खोप केन्द्रमा थुन्ने युवालाई पक्राउ गरेर कारवाहीको माग राख्दै प्रहरीमा उजुरी दिने वडाअध्यक्ष अर्यालले जानकारी दिए । ‘खोप कार्यक्रममा अवरोध पु¥याउने विरूद्ध प्रहरीमा उजुरी दिएका छौं,’ वडाअध्यक्ष अर्यालले भने ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ