२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १संरक्षण गृहमा आश्रित ज्येष्ठ नागरिकलाई खोप

संरक्षण गृहमा आश्रित ज्येष्ठ नागरिकलाई खोप


विराटनगर – प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रित रहेका ज्येष्ठ नागरिकहरुलाई कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेका ज्येष्ठ नागरिक र अन्यलाई बिहीबारदेखि जोनसन एण्ड जोनसन खोप लगाउन सुरु गरिएको हो ।

अभियानको शुभराम्भ सामाजिक विकास मन्त्री उषाकला राईले गरेकी छिन् । सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई उद्धार गरि राखिएको विराटनगर १० को मानव सेवा आश्रमबाट अभियानको सुरुवात गरिएको हो ।

खोप अभियान सुरुवात गर्दै सामाजिक विकास मन्त्री राईले सडक आश्रित तथा सहयोगापेक्षीहरु सम्पूर्णलाई कोभिड १९-विरुद्धको खोप लगाईने बताइन् । मानव आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुको सवैलाई खोप लगाईने उनले बताइन् ।

‘अपाङ्गता भएका तथा अशक्त सवैलाई अभियानमा समेटिने छ,’ उनले भनिन् ।’ लक्षित समूहले खोप लगाईरहेपनि संरक्षण गृहमा आश्रितहरुले खोप लगाउन नपाएको थाहा भएलगत्तै अभियान सुरुवात गरिएको मन्त्री राईले बताइन् ।

सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालका अनुसार मानव सेवा आश्रम तथा संरक्षण गृहमा आश्रित सबैलाई खोप लगाइने छ  । बिहीबार ३ सय बढीलाई खोप लगाइएको उनले जानकारी दिइन ।

मानव सेवा आश्रममा, प्रदेश सरकारद्धारा सञ्चालित दीर्घकालिन पुर्नस्थापना गृह, ओरेक, माइती नेपाल र एवीसीको संरक्षणमा रहेकाहरुलाई आज खोप लगाई सकिने उनले बताइन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कमल भट्टराई, स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहता, विराटनगर १० का वडाध्यक्ष माधवराज वाग्ले लगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ