२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नर्स र कर्मचारीलाई कोभिड देखिएपछि मदन भण्डारी अस्पतालको ओपिडी सेवा बन्द

नर्स र कर्मचारीलाई कोभिड देखिएपछि मदन भण्डारी अस्पतालको ओपिडी सेवा बन्द


विराटनगर – दुई जना नर्ससहित आठ जना कर्मचारीलाई कोभिड-१९ संक्रमण पुष्टि भएपछि मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको ओपिडी सेवा बन्द भएको छ । संक्रमण पुष्टि भएपछि शुक्रबारदेखि उक्त अस्पतालको ओपिडी सेवा बन्द भएको हो ।

बिरामीको नाम दर्ता गर्ने शाखा (काउण्टर) का चार जना, दुई जना नर्स र २ जना कार्यालय सहयोगीलाई संक्रमण देखिएपछि ओपिडी बाहेकको अन्य सेवा सुचारू रहेको अस्पतालका सूचना अधिकारी निराजन पौडेलले जानकारी दिए ।

‘कुल ५३ जना जनशक्ति रहेको अस्पतालमा ८ जनालाई संक्रमण देखिएपछि अस्पतालको ओपिडी सेवा बन्द छ,’ उनले भने, ‘ओपिडी बाहेकको अन्य अतिआवश्यक सेवाहरू अस्पतालको आकस्मिक कक्षदेखि दिँदै आएका छौं ।’

पूर्व पश्चिम राजमार्गसँगै उर्लाबारी ३ मंगलबारेमा रहेको यो अस्पतालमा पूर्व मोरङका ५ वटा स्थानीय तहका बिरामीहरू उपचारका लागि पुग्ने गरेका छन् । उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ नगरपालिका र कानेपोखरी र मिक्लाजुङ गाउँपालिकाका बिरामी उक्त अस्तपालको ओपिडीमा दैनिक २ देखि ३ सय जना बिरामी स्वास्थ्य परीक्षणको लागि आउने गरेका छन् ।

स्वास्थ्य बीमा कार्यक्रम सुरु भएपछि थप बिरामी आउने गरेका थिए । पछिल्लो समय मौसमी रुघाखोकी र ज्वरोको प्रकोप बढेको समयमा अस्पतालको ओपिडी सेवा बन्द हुँदा सर्वसाधरण बिरामी महँगो नीजी अस्पताल जान बाध्य भएका छन् ।

अस्पतालमा हाल ३ जना विशेषज्ञ डाक्टर, १ जना एमजीडिपी, १ जना एनेस्थिएसन र ३ जना मेडिकल अधिकृतले सेवा दिँदै आएका छन् । प्रदेश सरकार मातहतमा रहेको मदन भण्डारी ५० शैय्याको अस्पतालमा अहिले पनि प्रयाप्त चिकित्सक छैन । दरवन्दी आव्हान गरि प्रदेश सरकारले चिकित्सक र स्वास्थ्यकर्मी पठाउन चासो नदिँदा प्रयाप्त मात्रमा विशेषज्ञ सेवा पाउनबाट बिरामी बन्चित छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ