२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १डेन्टल डाक्टरलाई चुनाव लाग्यो, डा. नुतन र प्रेक्षा चुनावी मैदानमा

डेन्टल डाक्टरलाई चुनाव लाग्यो, डा. नुतन र प्रेक्षा चुनावी मैदानमा


विराटनगर – डेन्टल चिकित्सकहरूको संस्था नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्ष चयन गर्नको लागि निर्वाचन हुने भएको छ । सर्वसम्मत रूपमा नेतृत्व चयन हुन नसकेपछि एसोसिएसनको अध्यक्ष पदको लागि शनिबार निर्वाचन हुन लागेको हो ।

निर्वाचन हुने निश्चित भएपछि अध्यक्षमा दुई जना डेन्टल चिकित्सक चुनावी मैदानमा उत्रिएका छन् । यसअघि सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदै आएको एसोसिएसनमा सर्वसम्म हुन नसकेपछि अध्यक्ष पदमा निर्वाचन हुने निश्चित भएको हो ।

अध्यक्षको लागि डा. नुतन नौलाखे र डा. प्रेक्षा दली चुनावी मैदानमा उत्रिएकी छिन् । चुनावी मैदानमा उत्रिएका दुवै जना महिला चिकित्सक हुन् । अन्य पदहरूमा सर्वसम्म रूपमा नेतृत्व चयन भएपनि अध्यक्षमा निर्वाचन हुन लागेको हो ।

अध्यक्ष चयन गर्न शनिबार १० बजे विराटनगरस्थित एलिट क्लबको भवनमा मतदान स्थान तोकिएको छ । दुई वर्ष कार्यकाल हुने एसोसिएसनको सदस्य लिएका ५० जना डेन्टल चिकित्सक रहेका छन् । उनीहरूले मतदान गर्न पाउनेछन् ।

यसअघि उपाध्यक्षमा डा. विवेक सिंह, महासचिवमा डा. मिरा आचार्य, कोषाध्यक्षमा डा. पवन मेहता, सह–सचिबमा डा. विशालराज जोशी सर्वसम्मत चयन भएका छन् ।

यस्तै, सदस्यहरू डा. प्राचि भगत, डा. निलेश कुमार देव, डा. अमिन कुमार सिंह र डा. आदित्य साह पनि सर्वसम्म रूपमा चयन भएका छन् ।

यस्तो छ अध्यक्षका उम्मेदवारको चुनावी ऐजन्डा ?

डा. नुतन नौलाखाले नेपला डेन्टल एसोसिएसन मोरङको बर्तमान उपाध्यक्ष भइसकेकोले स्वाभिक रूपमा अध्यक्षमा उम्मेदवारी दिएको बताइन् । उनले नेपाल चिकित्सक संघसँग समन्वय र सहकार्य गरेर डेन्टल चिकित्सकहरूको हकहितमा काम गर्दै अगाडी बढने बताइन् ।

‘नेपाल डेन्टल एसोसिएसनले सामाजिक कार्य पनि गर्दै आएको छ । हामी यसलाई अझै निरन्तार दिनेछौं,’ अध्यक्षकी उम्मेदवारी डा. नुतनले भनिन्, ‘ग्रामिण क्षेत्रमा मोवाइल टेन्डल सेवा पनि संचालन गर्ने मेरो योजना छ । यो विशुद्ध सामाजिक हुनेछ ।’ उनले नेपाल डेन्टल एसोसिएसन मोरङको आफ्नै भवन निर्माणमा पनि पहल गर्ने बताइन् ।

‘अहिलेसम्म हाम्रो एसोसियएनको भवन छैन,’ उनले भनिन्, ‘नेतृत्वमा पुगेपछि विराटनगर महानगरपालिकासँग समन्वय र सहकार्य गरेर आफ्नै भवन बनाउन प्रत्यन गर्नेछु ।’ सदस्य, कोषाध्यक्ष हुदै एसोसिएसनको डा. नुतन अहिलेको वर्तमान उपाध्यक्ष पनि हुन् ।

यस्तै, अध्यक्षको अर्का दाबेदारी डा. प्रेक्षा दली यसअघि एसोसिएसनको कोषाध्यक्ष भइसकेकी छिन् । उनको कार्यकालमा पनि एसोसिएसनमा राम्रो काम भएको डेन्टलका चिकित्सकहरू बताउँछन् । अध्यक्षमा उम्मेदवारी दिएकी डा. प्रेक्षाले पुरानो संस्था नेपाल डेन्टल एसोसिएसनलाई सबैमाज परिचित गराउन आफु क्रियाशिल भएर सधैभरी लागीपर्ने बताइन् ।

‘यदि लामो इतिहास बोकेको नेपाल डेन्टल एसोसिएसन रहेको छ । अहिलेसम्म समाजमा परिचित हुन सकेको छैन,’ डा. प्रेक्षाले भनिन्, ‘नेतृत्वमा पुगेपछि सम्पूर्ण डेन्टल चिकित्सकहरूको हकहितमा सधैभ लागि पर्नेछु ।’

उनले नेतृत्वमा आएपछि सचेतना अभियान पनि सुरु गर्ने बताइन् । ‘अहिले पनि डेन्टलका आएका जुनियर डाक्टरहरु रहेका छन् । उनीहरूलाई एसोसिएसनमा ल्याउन पहल भइरहेको छैन,’ उनले भनिन्, ‘नयाँ पुस्ताका डाक्टरहरूलाई पनि मोटिभेट गरेर यस संघमा ल्याउन पहल र प्रयत्न खेल्नेछु ।’

उनले नेपाल चिकित्सक संघ हातेमालो गरेर सम्पूर्ण डेन्टल चिकित्सकहरूको हकहितमा लागि पर्ने पनि उनले बताइन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ