२०८३ कात्तिक ४, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ सामुदायिक विद्यालय बीएण्डसी मेडिकल कलेजले निर्माण गरिदिने

सामुदायिक विद्यालय बीएण्डसी मेडिकल कलेजले निर्माण गरिदिने


काठमाडौं—झापास्थित श्री सिंहदेवी माध्यमिक विद्यालयमा थप नयाँ भवन प्रस्तावित बीएण्डसी मेडिकल कलेजले निर्माण गरि दिने भएको छ । कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले शुक्रबार एक कार्यक्रमका बीच निर्माणाधीन भवनको शिलान्यास गरेका छन् ।

विद्यालयमा कक्षाकोठाको अभाव भएपछि र शैक्षिक गुणस्तरलाई गुणात्मक बनाउने उद्धेश्यले दुई करोडको लगानीमा निर्माण हुन थालेको सो भवन ६ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

भवन शिलान्यास गर्दै मेडिकल कलेजका कार्यकारी निर्देशक प्रसाईले सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत भवन निर्माण गर्न लागिएको बताए ।

सो विद्यालयमा हाल नौ सय विद्यार्थीहरु अध्ययनरत छन् । नवनिर्मित भवन कक्षा कोठाको रुपमा उपयोगमा ल्याइने विद्यालयका प्रधानाध्यापक लक्ष्मी रिजालले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकालको अध्यक्षतामा शिलान्यास कार्यक्रम भएको थियो । विद्यालय भवनमा आठ वटा कोठा हुनेछन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ