२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. प्रेक्षा निर्वाचित

डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. प्रेक्षा निर्वाचित


विराटनगर-डेन्टल चिकित्सकहरूको संस्था नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. प्रेक्षा दली निर्वाचित भएकी छिन् । डा. प्रेक्षा गोलाप्रथाद्वारा निर्वाचित भएकी हुन् ।

शनिबार विराटनगरमा सम्पन्न भएको निर्वाचनमा डा. प्रेक्षा र उनकी प्रतिस्पर्धी डा. नुतन नौलाखे समान २४/२४ मत ल्याएकी थिइन् । एसोसिएसनमा ५० जना सदस्य भएपनि ४८ मत खसेको थियो । दुई जना सदस्य उपस्थित भएनन् । डा. प्रेक्षा र डा. नुतनले समान २४/२४ मत पाएपछि अध्यक्ष गोला प्रथाबाट निर्वाचन गर्ने निर्वाचन समितिले निर्णय भएको थियो ।

सोहीअनुसार डा. प्रेक्षा गोला प्रथाबाट नेपाल डेन्टल एसोसिएसन मोरङको दुई वर्ष कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएकी हुन् । यसअघि सर्वसम्मतबाट एसोसिएसनको नयाँ नेतृत्व चयन हुँदै आएको थियो ।

अन्य पदमा सर्वसम्मत रूपमा पदाधिकारी र कार्यसमिति चयन भएपनि अध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो । अहिलेसम्मको इतिहासमा नेपाल डेन्टल एसोसिएसन मोरङमा निर्वाचनको पद्धतिबाट अध्यक्ष निर्वाचन गरेको यो पटक भएको बताइएको छ ।

एसोसिएसनको उपाध्यक्षमा डा. विवेक सिंह, महासचिवमा डा. मिरा आचार्य, कोषाध्यक्षमा डा. पवन मेहता, सह–सचिवमा डा. विशालराज जोशी सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरू डा. प्राची भगत, डा. निलेशकुमार देव, डा. अमिनकुमार सिंह र डा. आदित्य साह पनि सर्वसम्म रूपमा चयन भएका छन् ।

सबैलाई समेटर अगाडी बढछु : डा. प्रेक्षा

नेपाल डेन्टल एसोसिएसन मोरङको नवनिर्वाचित अध्यक्ष डा. प्रेक्षा दलीले सबै डेन्टल चिकित्सकहरूलाई समेटर अगाडि बढने बताइन् । उनले नयाँ सदस्य विस्तार गर्दै चिकित्सकहरूको हकहितमा आफू सधैभरी लागि पर्ने बताइन् ।

पुरानो संस्था नेपाल डेन्टल एसोसिएसनलाई सबैमाझ परिचित गराउन आफू क्रियाशील भएर सधैभरी लागि पर्ने बताइन् । ‘यदि लामो इतिहास बोकेको नेपाल डेन्टल एसोसिएसन रहेको छ । अहिलेसम्म समाजमा परिचित हुन सकेको छैन,’ डा. प्रेक्षाले भनिन्, ‘नेतृत्वमा आएको छु । सम्पूर्ण डेन्टल चिकित्सकहरूको हकहितमा सधैं लागि पर्नेछु,’ हेल्थआवाजसँग कुराकानीको क्रममा उनले भनिन् ।

डा. प्रेक्षाले सचेतना अभियान पनि संचालन गर्ने बताइन् । ‘अहिले पनि डेन्टलका आएका जुनियर डाक्टरहरु रहेका छन् । उनीहरूलाई एसोसिएसनमा ल्याउन पहल र प्रयत्न गर्नेछु,’ उनले भनिन्, ‘नयाँ पुस्ताका डाक्टरहरूलाई पनि मोटिभेट गरेर यस संघमा ल्याउन पहल र प्रयत्न खेल्नेछु ।’ नेपाल चिकित्सक संघसँग पनि हातेमालो गरेर सम्पूर्ण डेन्टल चिकित्सकहरूको हकहितमा लागि पर्ने पनि उनले बताइन् ।

डा. प्रेक्षा यसअघि पनि एसोसिएसनको कोषाध्यक्ष भइसकेकी छिन् । उनको कार्यकालमा पनि एसोसिएसनमा राम्रो काम भएको डेन्टलका चिकित्सकहरू बताउँछन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ