२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा लिफ्टसहितको नयाँ मेडिकल वार्ड रहने भवन र सर्जिकल भवन बन्दै

कोशीमा लिफ्टसहितको नयाँ मेडिकल वार्ड रहने भवन र सर्जिकल भवन बन्दै

काम नसकिएपछि ६ महिना म्याद थप


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा लिफ्टसहितको मेडिकल भवनको निर्माण कार्य भइरहेको छ । २ करोड ६ लाख ८६ हजार ९ सय ५७ रूपैयाँ लागतमा लिफ्टसहितको नयाँ मेडिकल वार्ड रहने भवन बन्न लागेको हो । यो भवनको निर्माण कार्य करिब ८० प्रतिशत पूरा भएको छ ।

अहिले कोभिड–१९ का बिरामी राखिएको चौंथो तलामा मेडिकल वार्डको बन्दै गरेको कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए । ‘विरामीलाई सहजको लागि हामीले कोशीको मेडिकल वार्डको लागि नयाँ भवन निर्माणमा जुटेका छौं,’ मेसु दासले भने, ‘अहिले निर्माण कार्य भइरहेको छ ।’

नयाँ बन्ने मेडिकल वार्ड सञ्चालन हुने भवन चार तलाको हुनेछ । ३७ शैय्याको हुने मेडिकल वार्डमा जान बिरामीको सहजताको लागि लिफ्टको सुविधा पनि राखिने मेसु दासले जानकारी दिए । ‘आईसीयु वार्ड तेस्रो तलामा हुनेछ,’ उनले भने, ‘नयाँ बन्दै गरेको मेडिकल वार्डको भवन चार तलामा हुनेछ । माथिल्लो तलामा बिरामीलाई जान सहज पु¥याउन हामीले लिफ्टसहितको भौतिक संरचना बनाएका हौं ।’

बिजी कन्ट्रक्सन काठमाडौंले लिफ्टसहितको भवन बनाउने ठेक्का पाएको छ । आर्थिक वर्षको असार १५ गतेसम्ममा लिफटसहितको भवन बनाउनुपर्ने अस्पतालसँग सम्झौता गरेको थियो । तर, कोभिडको कारण देखाउँदै सम्झौता अवधिमा निर्माण पूरा नभएपछि निर्माण कम्पनीललाई ६ महिनाको म्याद थप गरेको मेसु दासले जानकारी दिए । सम्झौता सकिने अवधिदेखि थप ६ महिनाको म्याद थप गरेको जानकारी दिए । ‘मंसिरसम्म निर्माण पूरा गरेर अस्पताललाई भवन हस्तान्तरण गर्ने तयारी गरी अहिले निर्माण भइरहेको छ,’ उनले भने ।

सर्जरी विभागको पनि नयाँ भवन बन्दै

कोशीमा बन्दै गरेको सर्जरी वार्ड

कोशी अस्पताल परिसरभित्र सर्जरी विभागको पनि नयाँ भवन धमाधम निर्माण भइरहेको छ । ३ करोड १ लाख ७ हजार १ सय ६४ रूपैयाँ लागतमा सर्जरीको भवन बन्दै गरेको हो । यो भवन अहिलेको कोशी अस्पतालको ओपिडी भवनको तेस्रो तलामा बन्दै गरेको मेसु दासले जानकारी दिए । सर्जरी वार्ड यसअघि गाइनो वार्डमा रहेको थियो । ‘नयाँ भवन बनेपछि सर्जरी वार्ड अहिलेको ओपिडीको तेस्रो तलामा हुनेछ,’ मेसु दासले भने ।

सर्जरी वार्डको निर्माण कार्य सम्पन्न गरिने अवधि आर्थिक वर्ष असार २५ गतेसम्म थियो । कोभिडको कारण देखाउँदै सम्झौता अवधिमा निर्माण पूरा नभएपछि थप ६ महिना म्याद थप गरेको छ ।

सर्जरी र मेडिकल वार्डको नयाँ भवन बाहेक पनि कोशी अस्पताल भित्र अत्याधुनिक ६ तलाको भवन बन्दैछ ।

छुट्टै अत्याधुनिक भवन पनि बन्दै

कोशीमा छुट्टै बन्न लागेको अत्याधुनिक सुविधा सम्पन्न भवनको स्केच ।

३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसा पहिलो चरणमा अन्टरग्राउण्डसहितको चार तलाको सुविधा सम्पन्न भवन बन्न लागेको हो । बहुवर्षीय योजनाअनुसार मास्टर प्लान बनाएर अस्पतालको ७ तलाको भवन बनाउने योजना रहेको छ ।

चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भुँइतलामा पार्किङ्ग हुने स्टीमेटमा उल्लेख गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरका सूचना अधिकारी अशोककुमार रामले जानकारी दिए । दोस्रो तलामा एचडियूसहितको डाइलाइसिसलगायतका सेवाहरू हुनेछ ।

यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतीक्षालय हुनेछ । तेस्रो तलामा ५० शैय्याको हुनेछ । यसैगरी चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा ५० शैय्याको हुनेछ । पहिलो चरणमा संघीय सरकारबाट ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँ लागत अनुमान गरिएकोमा ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसाँ रमन भूमीले ठेक्का पाएको हो ।

पहिलो चरणमा ४ तलाको भवन बन्ने हो । त्यसपछि योजनाअनुसार तला थप हुँदै जानेछ । मास्टर प्लान्टअनुसार ७ तलाको बनाउने भवनको लागत स्टीमेटमा पाँचौ तलामा ५२ शैय्याको जनरल वार्ड र छैटौ तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख गरिएको छ । हाल ३ सय ५० शैय्याको अस्पताल रहेको कोशीको सुविधासम्पन्न भवन बनेपछि ५ बेड पु¥याउने कोशी अस्पतालका मेसु दासले जानकारी दिए । चार तला बन्ने भवनको शिलन्यास चाँडै गर्ने तयरी गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ