२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालको शौचालयमा एक बिरामी मृत भेटिए

कोशी अस्पतालको शौचालयमा एक बिरामी मृत भेटिए


विराटनगर  – विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराउन आएका एक जना विरामी शौचालयमा मृत अवस्थमा भेटिएका छन् । अस्पतालको ओपीडी भवनमा रहेको पुरुष शौचालयभित्र मंगलबार दिउँसो १:३० बजेतिर इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

मृत अवस्थामा भेटिएका पोखरेललको गोजीमा जिल्ला अस्पताल इनरुवा सुनसरीको ओपीडी (बहिरंग विभाग)को पूर्जा बोकेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

घोप्टो परेर लडिरहेको तथा मुखबाट फिँज निस्किरहेको अवस्थामा पोखरेलको शव मृत भेटिएका डिएसपी श्रेष्ठले बताए । अस्पतालको ओपीडी पूर्जामा उल्लेख भएको विवरण अनुसार प्रहरीले मृतकको पहिचान खुलाउन सकेको हो ।

होमराजलाई इनरुवा अस्पतालले थप उपचारका लागि विराटनगरको कोसी अस्पताल रेफर गरेको ओपीडी पूर्जामार्फत खुलेको डीएसपी श्रेष्ठले बताए ।

इनरुवाले रेफर गरेपछि उनी थप उपचारका लागि कोसी अस्पताल आएको प्रहरीको अनुमान छ । तर उनले कोसी अस्पतालमा उपचारका लागि ओपीडी पूर्जा काटेको वा नकाटेको भन्ने बारेमा खुल्न बाँकी रहेको श्रेष्ठको भनाइ छ ।

दिसापिसाब गर्न शौचालय गएका बेला लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ । ‘पोखरेलमा मधुमेहलगायतका रोगका औषधी पनि भेटिएको छ,’ श्रेष्ठले भने, ‘त्यसका आधारमा स्वास्थ्यसम्बन्धी पुरानो समस्याको औषधी सेवन गरिरहेको हुनसक्छ ।’

प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा राखेर घटनाका बारेमा अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ