२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बढयो स्वास्थ्य बिचौलियाको बिगबिगी, पाँच जना पक्राउ

बढयो स्वास्थ्य बिचौलियाको बिगबिगी, पाँच जना पक्राउ


विराटनगर – विराटनगर – ३ विराट नर्सिङ होमअगाडी फार्मेसी पसलमा काम गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्य क्षेत्रमा बिचौलियाको भूमिका खेलेको आरोपमा मोरङ प्रहरीले सोमबार राति पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विवेक साह, रोहित साह, बिनोद मेहता, सुनिल राय र सेरचन चौधरी रहेका छन् । उनीहरू विराट नर्सिङ होम अगाडी काम गर्ने कर्मचारी हुन् ।

प्रहरीले उनीहरूलाई बिचौलियाको भूमिका खेलेको आरोपमा पक्राउ गरेको जनाएको छ । ‘विराट नर्सिङ होम अगाडीको फार्मेशीदेखि पाँच जनालाई नियन्त्रणमा लिएको छ, ’मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । थप विषय अनुसन्धानपछि खुल्नेछ ।’

यसअघि पनि मोरङ प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरका रिटको टोलीले प्रदेश १ को राजधानी रहेको शहर विराटनगरको ठूला हस्पिटल अगाडी स्वास्थ्य क्षेत्रमा बिचौलियाको भूमिका खेल्ने १२ जनालाई पक्राउ गरि सकेको छ ।

यसअघि नोबेल अगाडी देखिको फार्मेशीदेखि ७, कोशी अस्पताल अगाडीको फार्मेशीदेखि ३ र न्यूरो अस्पतला अगाडीको फार्मेशीदेखि २ जना गरि १२ जनालाई पक्राउ गरि मोरङ प्रहरीले अभद्र्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।

यसअघि पक्राउ परेकाहरूले ठूला हस्पिटल जान लागेका बिरामीलाई बीचमै विभिन्न आश्वासन देखाएर कमिसन पाइने निजी क्लिनिक र अस्पतालमा बिरामी लैजाने गरेको प्रहरीले जनाएको छ । ‘उनीहरुले कमिसनको लोभमा बिरामीलाई अन्य अस्पताल र क्लिनिकमा लैजाने गरेका थिए,’ एसपी जिसीले भने, ‘पक्राउ परेकाहरूले अस्पताल अगाडि बसेर विभिन्न बहाना बनाएर आफू अनुकूलको अस्पतालमा पु¥याउने र औषधी किन्न पनि फार्मेसी लैजाने गरेको देखिएको छ ।’

प्रहरीले यसअघि पनि अस्पताल अगाडि बसेर बिरामीलाई विभिन्न आश्वासन देखाउँदै अस्पताल लैजान भूमिका खेल्ने विराटनगर–८ अमरटोलका १८ वर्षीय प्रधुम्न राय र सोही ठाउँका २३ वर्षीय आनन्दकुमार साहलाइ पक्राउ गरेको थियो । पक्राउ परेका राय र साह विराटनगरस्थित न्यूरो हस्पिटल अगाडिको ज्ञानु फार्मेसीमा काम गर्दैै आएका थिए । उनीहरूले ठूला अस्पताल आएका बिरामीलाई विभिन्न प्रलोभन देखाएर आफू अनुकूलको अस्पताल लैजाने गरेको प्रहरीले जनाएको छ ।

‘पक्राउ परेका बिचौलियाले अस्पताल आएका बिरामी र आफन्तलाई यो अस्पताल राम्रो छैन । यहाँ कोभिड फैलिएको छ । राम्रो चिकित्सक अन्यन्त्र रहेको भन्दै क्लिनिकमा लैजान खोज्दा प्रहरीले पक्राउ गरेको हो,’ मोरङ प्ररीका प्रवक्ता डिएपी दिपक श्रेष्ठले भने, ‘यो गिरोहले कति बिरामीलाई ठगी गरेर क्लिनिक र सेटिङ रहेका अस्पताल लग्ने रहेछ । अन्य थप विषय अनुसन्धानपछि प्रष्ट हुनेछ ।

फार्मेसीका कर्मचारी पक्राउ पर्दा, जनस्वास्थ्यकर्मीको विरोध

फार्मेसीमा काम गर्ने पाँचजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ १ नं. प्रदेश कमिटिले विरोध जनाएको छ । महासंघको प्रदेश इन्चार्ज अन्जना पोखरेलले मंगलबार प्रेस विज्ञाप्ती जारी गर्दै विरोध जनाएको हो ।

‘प्रहरी प्रशासनले विना कारण व्यवसायीहरुलाई धरपकड गरि त्रसित बनाउनु तथा सेवाग्राहीको स्वतन्त्राको अधिकारी समेत कुन्ठित गर्न खोज्नु निजी अस्पताल संचालकहरुको मिलेमतोमा गरिएको हुन सक्ने महासंघको ठहर छ,’ विज्ञाप्तीमा भनिएको छ, ‘यस्ता अमानविय गतिविधहरु तुरून्त रोकी बिनाकरण पक्राउ गरिएको सम्पूर्ण औषधी व्यवसायीहहरुको अविलम्ब रिहाइ गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउ निडर व्यवसाय संचाल गर्ने वातवरण सृजना गर्न माग गर्दछौं ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ