२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १लाइसेन्स भाडामा लगाउने फर्मासिस्टलाई कारवाही गरिनेछ : कट्टेल

लाइसेन्स भाडामा लगाउने फर्मासिस्टलाई कारवाही गरिनेछ : कट्टेल


विराटनगर – नेपाल औषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख तथा नेपाल फर्मासिटिकल एसोसिएसन (एनपीए) का प्रचार विभाग सचिब संजीव शर्मा कट्टेलले फर्मासिस्टले भाडामा लाइसेन्स लगाएको भेटिए तत्काल कारवाहीको दायारमा ल्याउने बताएका छन् ।

पछिल्लो समय फर्मासिस्ट पढेका व्यक्ति विदेश वा कुनै ठाउँमा हुने र कमिसनको लोभमा लाइसेन्स भाडामा लगाउने गरेको पाइएकोले यस्तो बदमासी गरिएको भेटिए तत्कालर कारवाहीको दायारमा ल्याउने उनले बताएका हुन् ।

नेपाल फर्मासिटिकल एसोसिएसन (एनपीए) ले विराटनगरमा शनिबार ५० औं विश्व फार्मेसी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख कट्टेलले फर्मासिस्टले आफ्नो पेशाको मर्यादा कायम गर्दै गुणस्तरीय औषधी विक्री वितरणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ ले भनेको छ, ‘औषधी चिकित्सकको प्रेसक्रिप्सन बमोजिम विक्री वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी आफैले गर्नु पर्नेछ र फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी बाहेक अरुले त्यस्तो औषधी विक्रीवितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायीको उपस्थिति अनिवार्य हुनेछ ।’

औषधीको विक्रीवितरण गर्दा फर्मासिस्टको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेको कारणले कतिपय फर्मासिस्टले कमिसनको लोभमा आफ्नो लाइसेन्स फार्मेशीमा भाडा दिने गरेको छन् । ‘आफ्नो पेशा र मर्यादा भुलेर फर्मासिस्टले लाइसेन्स भाडामा लगाएको अनुगमनको क्रममा पाइए हामी तत्काल कारवाहीको दायारमा ल्याउने छौं,’ विभागका प्रमुख कट्टेलले भने, ‘हामीले कारवाहीको सुरूवात पनि उद्योगदेखि गरेका छौं ।’

फामेसी भनेको माछा पसल खोलोजस्तो नभएर बिरामीलाई विशिष्टकृत सेवा दिनुपर्ने भएकोले आफ्नो पेशा र मर्यादाको ख्याल गर्दै गुणस्तरीय औषधी बिक्री वितरणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा बोल्दै उनले औषधीको गुणस्तर मापनको लागि प्रादेशिक राष्ट्रिय प्रयोगशाला स्थापना गरिनुपर्ने बताए ।

‘अहिले प्रत्येक प्रदेशमा औषधीको गुणस्तर मापन गर्ने ल्याब नुहदा हामीले केन्द्रीय प्रयोगशालामा पढाउनुपर्ने अवस्थामा छ,’ उनले भने, ‘हरेक प्रदेशमा प्रादेशिक प्रयोगशाला भए औषधीको गुणस्तर परीक्षण गर्न हामीलाई थप सहज हुने थियो ।’ अहिले देशभरीमा १४ हजार फर्मासिस्ट रहेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवसायी संघ प्रदेश १ का अध्यक्ष कुमार खतिवडाले फमासिस्टहरु आफ्नो पेशाप्रति जिम्मेवार भएर गुणस्तरीय औषधी विक्री-वितरणमा गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा नर्सिङ संघकी मनेकुमा भण्डारी, नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी भण्डारी, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेललायले बोलेका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ