विराटनगर–नेपाल मनोचिकित्सक संघको आठौं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । आउँदो कार्तिक ११ देखि १३ गतेसम्म विराट टिचिङ हस्पिटलमा मनोचिकित्सकहरूको राष्ट्रिय सम्मलेन हुने भएको हो ।
आयोजकले विराटनगरमा पत्रकार सम्मेलन गरी १८ देशका ३ सय मनोचिकित्सकहरू सम्मेलनमा सहभागी हुने आयोजक समितिका अध्यक्ष प्रा.डा. नवराज कोइरालाले जानकारी दिए । तीन दिसम्म चल्ने सम्मेलनमा मानसिक स्वास्थ्यका विषयमा घनीभूत रूपमा छलफल गरेपछि निष्कर्ष निकाल्दै कार्यपत्र प्रस्तुत गरिने अध्यक्ष कोइरालाले जानकारी दिए ।
‘मनोचिकित्सकहरूको सम्मेलनमा विभिन्न देशहरूबाट चिकित्सकहरूको सहभागिता हुनेछ,’ उनले भने, ‘तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ व्यक्तिहरू घनिभूत रुपमा छलफल हुनेछ । मानसिक स्वास्थ्यमा बहुपक्षीय साझेदारी, चुनौती र अवसरहरूको विषयमा छलफल हुनेछ ।’
विभिन्न देशका मानसिक रोग विशेषज्ञहरुको सहभागितामा आधुनिक वैज्ञानिक ज्ञान, सीप र चिकित्सकीय व्यवहारका संरक्षण, प्रवद्र्धन र सुरक्षण गर्दै अधिकतम प्रभावकारी सेवा जनता समक्ष प्रदान गर्ने हेतुले सम्मेलन हुन लागेको उनले बताए ।
वि.सं. २०४७ सालमा स्थापना भएको नेपाल मनोचिकित्सक संघमा २ सय ७ जना नेपाली र ७ जना २ सय १४ जना मनोचिकित्सकहरू आवद्ध छन् । मनोचिकित्सक संघले आफ्नो स्थापना कालदेखि सदस्यहरुको ज्ञान र सीप प्रवद्र्धन संरक्षण र अभिमुखीकरण गर्ने साथै उच्चतम आधुनिक वैज्ञानिक ज्ञान, सीप आर्जन गरी मानसिक रोगका बिरामीहरुको प्रभावकारी छिटो, छरितो, सर्वसुलभ उपचार सेवा प्रदान गर्ने उद्देश्यले यसअघि ७ पटक राष्ट्रिय सम्मेलन गरिसकेको छ ।
दुई पटक सार्क साइक्र्याटिक फेडरेशनको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना पनि भव्यताका साथ सफलता प्राप्त गरेको आयोजकले जनाएको छ । ‘तीनसम्म चल्ने सम्मेलनमा विभिन्न देशहरूबाट सहभागी भएका चिकित्सकहरू बीच उपचार पद्धतीको विषयमा पनि छलफल हुनेछ,’ उनले भने, ‘हामीले वैज्ञानिक उपचारको पक्षमा पनि विभिन्न देशबाट आएका चिकित्सकहरुसँग छलफल गर्नेछौं ।’
४६ घण्टासम्म संचालन हुने सम्मेलनको बीचमा कानुनविद, साहित्यकार, संचारकर्मी र बिरामीहरूसँग पनि छलफल चलाउने कार्यक्रम रहेको छ ।