२०८१ असोज १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मधुमेह दिवसमा न्यूरो अस्पतालमा निःशुल्क उपचार

मधुमेह दिवसमा न्यूरो अस्पतालमा निःशुल्क उपचार


विराटनगर—विश्व मधुमेह दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो अस्पतालमा सचेतनामूलक कार्यक्रम गर्नुको साथै निःशुल्क मधुमेह जाँच गरेको छ । अस्पताल परिसरमा आइतबार विभिन्न सचेतनामूलक कार्यक्रमको साथै निःशुल्क मधुमेह जाँच तथा उपचार गरेको हो ।

अस्पतालका वरिष्ठ प्याथोलोजिस्ट डा. सागरराज पाण्डेले मधुमेह हुन नदिन र भइहाले पनि कसरी रोकथाम र नियन्त्रण गर्न सकिने त्यसबारेमा बिरामीहरूलाई स्वास्थ्य सचेतना दिएका थिए । सोही अवसरमा बिरामीहरुको निःशुल्क मधुमेह जाँच गरिएको थियो ।

निःशुल्क मधुमेह जाँचमा १ सय जना बिरामीको उपचार गरेको अस्पतालले जनाएको छ । बिरामीको उपचार अस्पतलाका वरिष्ठ फिजिसियन डा. केशरबहादुर गुरूङले गरेका थिए ।

स्वास्थ्य जाँच गरिएको विरामीहरुलाई अस्पतालले निःशुल्क औषधी पनि वितरण गरेको अस्पताले जनाएको छ । विश्व मधुमेह दिवसको अवसर पारेर अस्पतालमा आएका बिरामीहरुलाई अन्य जाँचमा ५० प्रतिशत छुट दिएको छ ।

न्यूरो अस्पतालले यसअघि पनि विभिन्न अवसर पारेर जाँच तथा उपचारहरु निःशुल्क तथा छुटसहित प्रदान गर्दै आएको छ । आउँदा दिनहरुमा यस्ता कार्यक्रममलाई निरन्तरता दिने बताएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ